×

NMB BANK
NIC ASIA

भारत-नेपाल सम्बन्धमा आगामी दशक स्वर्णिम : भारतीय प्रधानमन्त्री मोदी

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको दशक भारत-नेपाल सम्बन्धको स्वर्णिम दशक बन्ने बताएका छन् ।

Muktinath Bank

विराटनगरमा निर्मित एकीकृत सुरक्षा जाँच चौकी तथा नुवाकोट र गोरखामा पुनर्निर्माण गरिएका आवासीय घरहरूको उद्घाटन कार्यक्रममा मंगलवार भिडियो कन्फरेन्समार्फत मोदीले भारत-नेपाल सम्बन्ध यो दशकमा अझै माथि पुग्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो सरकारको प्राथमिकतामा 'छिमेकी पहिलो' नीति रहेको भन्दै मोदीले भारत-नेपालको सम्बन्धमा 'कनेक्टिभिटी'को ठूलो महत्त्व रहेको बताए ।


Advertisment
Nabil box
Kumari

'कनेक्टिभिटीको महत्त्व नेपाल र भारतका लागि ठूलो रहेको छ,' भिडियो कन्फरेन्समार्फत मोदीले भने, 'हाम्रो सम्बन्ध छिमेकीको मात्र होइन, इतिहास, भूगोल र संस्कृतिले हामीलाई धेरै ठाउँबाट जोडेको छ ।'

Vianet communication
Laxmi Bank

शुरुवातमा 'कस्तो छ ?' भन्ने प्रश्नसँगै बोल्न शुरू गरेका मोदीले नेपाल मात्र नभएर सबै छिमेकी देशसँग आवागमन सरल र सुचारु बनाउने र व्यापार, संस्कृति, शिक्षा इत्यादि क्षेत्रमा सम्पर्कलाई सुगम बनाउनका लागि भारत प्रतिबद्ध रहेको बताए ।

'भारत र नेपालबीच धेरै क्रस बोर्डर कनेक्टिभिटी आयोजनाहरू जस्तै रेल, रोड र ट्रान्समिसन लाइनमा काम भइरहेको छ,' मोदीले भने, 'दुवै देशबीचको सीमाका प्रमुख स्थानमा एकीकृत सुरक्षा जाँच चौकीले आपसी व्यापार र आवागमनलाई सुविधाजनक बनाएको छ ।'

'बीरगंज र विराटनगरमा आइसीपी निर्माण गरेका थियौं,' उनले भने, 'विरगंजमा सन् २०१८ मा उद्घाटन गरेका थियौं । अहिले विराटनगरको उद्घाटन गर्दैछौं । रक्सौल र जोगबेनीमा पहिल्यैदेखि छ ।'

२०७२ सालमा नेपालमा गएको भूकम्पलाई स्मरण गर्दै मोदीले नेपालमा परेको प्राकृतिक विपदमा भारतले सधैं साथ दिने बताए । '२०१५ को भूकम्प एउटा दर्दनाक दुर्घटना थियो,' उनले भने, 'भूकम्प जस्तो प्राकृतिक विपदले मानव जीवनको परीक्षा लिने गर्छ । प्रत्येक भारतीयले गर्व गर्ने एउटा कुरा के छ भने यो त्रासदीको दुखद परिणामलाई हरेक नेपाली दाजुभाइ र दिदीबहिनीले साहसका साथ सामना गरे ।'

उनले भारत-नेपाल सहयोग अन्तर्गत ५० हजारमध्ये ४५ हजार घर निर्माण भइसकेको मोदीले बताए । 'हाम्रो आशा छ कि बाँकी घरको निर्माण पनि छिटै पूरा हुन्छ र नेपाली दाजुभाइ र दिदीबहिनीलाई छिटै समर्पित गर्न सकिन्छ,' उनले भने ।

मोदीले केही दिनअघि देखि अन्नपूर्ण संरक्षित क्षेत्रमा आएको हिमपहिरोमा परी हराइरहेकाहरूको छिटै उद्दार हुने आशा गरेका छन् ।

सम्बोधनका क्रममा मोदीले माघे संक्रान्ति पर्व दुवै देशमा उत्तिकै उल्लासका साथ मनाइएको उल्लेख गरे ।

यसअघि मोतिहारी अमलेखगंज पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटन गरेको र ५ महिनाकै अन्तरालमा अर्को आयोजनाको संयुक्त उद्घाटन गर्न पाएकोमा आफू खुसी रहेको मोदीले बताए ।

मोदीले २०२० मा आफू नेपाल भ्रमण गर्ने बताए । 'यो वर्ष मैले नेपाल भ्रमण गर्ने कार्यक्रम बनाएको छु,' उनले भने, 'प्रधानमन्त्री केपी ओलीले मलाई नेपाल भ्रमणको निमन्त्रणा गरिरहनु भएको छ । मलाई दिएको निमन्त्रणामा म गर्व गर्छु ।'

उनले नेपालको भ्रमण गरेर नेपाली नागरिकको दर्शन गर्ने सौभाग्य हासिल गर्ने उल्लेख गरे । 

उद्घाटनको अन्तिममा मोदीले नेपालीमा बोल्दै भने, 'अन्त्यमा तपाईंहरू लाई धेरै शुभकामना दिन्छु, फेरि भेट होला, नमस्कार !'

बिहान ११ बजे रहेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले अंग्रेजीमा सम्बोधन गरेका थिए । ओलीले नेपाल-भारतबीचको सम्बन्धलाई अझ उचाईंमा पुर्याउन निरन्तर छलफल र वार्ता गरिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

ओलीले सम्बोधनका क्रममा मोदीलाई नेपाल भ्रमणको निम्ता दिएपछि मोदीले नेपाल आएर नेपाली नागरिकको दर्शन गर्ने सौभाग्य हासिल गर्ने बताएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x