सभामुखमा उम्मेदवारी नदिने कांग्रेसको एकबुँदे निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको संसदीय दलले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

मंगवार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने एकबुँदे निर्णय गरेको हो ।


Advertisement

'सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएको कुरालाई ध्यानमा राख्दै कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्छ,' निर्णयमा भनिएको छ ।

सभामुखका लागि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटाको मनोनयन दर्ता गरिसकेको छ ।


Advertisement

'कांग्रेसले उपसभामुखमा उम्मेदवार दिन सक्छ, सभामुखमा पहिला पनि दिएको होइन,' कांग्रेसकी सांसद डाक्टर डीला संग्रौला पन्तले लोकान्तरसँग कुरा गर्दै भनिन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्