स्वास्थ्यमन्त्री ढकालले गरे डडेल्धुरा अस्पताल निरीक्षण

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मंगलवार डडेल्धुरा अस्पतालको निरीक्षण गरेका छन् ।

सो अवसरमा उनले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिबारे जानकारी लिएका अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. जगदिशचन्द्र विष्टले जानकारी दिए ।


Advertisement

मन्त्री ढकालले अस्पताललाई आगामी दिनका कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा सर्वपक्षीय छलफल समेत गरेका थिए ।

उनले बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेस्वर स्वास्थ्यचौकी खोड्पेको नवनिर्मित भवन उद्घाटन तथा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम रहेको सांसद दामोदर भण्डारीले जानकारी दिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्