यी हुन् दामनको रिसोर्टमा ज्यान गुमाउने ८ भारतीय पर्यटक

मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका ८ भारतीय पर्यटकको सनाखत भएको छ । 

रिसोर्टका कोठामा सोमवार राति बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Advertisement

प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका जानकारी दिए ।

नेपाल घुम्न आएका १५ पर्यटकमध्ये ८ जनाको मृत्यु भएको हो । उनीहरू रिसोर्टको १०१ नम्बर कोठामा बसेका थिए ।


Advertisement

एउटै कोठामा ८ जना सुतेका पर्यटक मंगलवार बिहान बेहोस अवस्थामा फेला परेका थिए । उनीहरूलाई हेलिकप्टरबाट काठमाडौंको ह्याम्स् अस्पताल लगिएको थियो । 

पोखराबाट सोमवार साँझ उनीहरू सो रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्