×

NMB BANK
NIC ASIA

दामनमा ८ भारतीय पर्यटकको मृत्यु : ‘आफैंले ल्याएको रक्सी पिए, हिटर नबाल्नू भन्दा मानेनन्’

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मकवानपुरको थाहा नगरपालिका–४ दामनको एभरेस्ट पानोरमा रिसोर्टमा बेहोस भएर मृत्यु भएका भारतीय पर्यटकले सोमवार राति आफैंले ल्याएको रक्सी पिएको खुलेको छ । 

Sagarmatha Cement
Muktinath Bank

रिसोर्टमा भारतीय पर्यटकले आफैंले बोकेर ल्याएको रक्सी पिएको थाहा नगरपालिका–४ का वडाध्यक्ष दिपकसिंह लामाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आफैंले ल्याएकोमध्ये आधा रक्सी रिसोर्टको बारमा बसेर खाएका रहेछन् । त्यसपछि आधा रक्सी होटलको कोठामै लगेका रहेछन्,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

वडाध्यक्ष लामाका अनुसार भारतीय पर्यटकहरू काठमाडौंबाट पोखरा हुँदै दामन पुगेका थिए । काठमाडौंबाट पर्यटक बस ‘रिजर्भ’ गरेर भारतको केरलाका १५ जना पर्यटक सोमवार साँझ रिसोर्टमा बसेका थिए ।

Vianet communication
Laxmi Bank

रिसोर्टमा सबैका लागि ४ वटा कोठा बूक गरिएको थियो । ‘राति जाडो भएको भन्दै जबरजस्ती होटलबाट ग्यास हिटर मागेका रहेछन्, होटलले इलेक्ट्रोनिक बेड भएकाले हिटरको आवश्यकता नपर्ने भनेपनि जबरजस्ती ग्यास हिटर बालेको होटलका व्यवस्थापकले बताएका छन्,’ वडाध्यक्ष लामाले भने ।

एभरेस्ट पानोरमा रिसार्टका सञ्चालक सुरेश गौतम रहेका छन् भने व्यवस्थापकको रुपमा शिवजी केसी रहेका लामाले बताए ।

मंगलवार बिहान अन्य भारतीय पर्यटकले कोठमै बेहोस अवस्थामा देखेपछि हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीले बताए । ‘बेहोस अवस्थामा काठमाडौंबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो तर उनीहरू अस्पतालमा आएर पनि बाँच्न सकेनन्,’ उनले भने ।

मृत्यु हुनेमा केरला राज्यका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभी, ७ वर्षीया बालिका अर्चना, ५ वर्षीया बैशनव र ९ वर्षीया बन्द्राको मृत्यु भएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x