×

NMB BANK
NIC ASIA

अर्थमन्त्री खतिवडाको दाबी– नेपाली अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ

माघ ७, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा मंगलवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको छ, भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने  उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भने,“अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो, सधैँ सरल र सिधा बाटोमा हिँड्दैन, हाम्रो भूगोल जस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ ।” नेपालको समग्र वित्तीय प्रणाली र बैंङ्किङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ प्रणालीको रुपमा स्थापित रहेको बताउँदै उनले भने, “निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल छ, त्यो स्वागतयोग्य हो ।” 


Advertisment
Nabil box
Kumari

विगतमा २२ प्रतिशतसम्म पुगेको मूल्यवृद्धि अहिले ६ प्रतिशतमा सीमित रहँदा पनि मूल्यवृद्धि आकासियो भन्ने तर्क कस्तो हो ? भन्ने प्रश्न गर्दै अर्थमन्त्री डा खतिवडाले नेपालको २० वर्षको औसत मूल्यवृद्धि १० प्रतिशतभन्दा माथि  रहेको जनाए । विवेकपूर्ण ढङ्गले अर्थतन्त्रको व्याख्या गर्न आवश्यक रहेको बताउँदै उनले भने,“अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गरियो भने सकारात्मक बाटोमा हिँड्न सकिन्छ । 

Vianet communication
Laxmi Bank

नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणि सिवाकोटीले मुलुकको गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान रहेको कृषि क्षेत्र उपेक्षित भएको भन्ने गुनासोलाई सम्बोधन गर्न बैंकले यसक्षेत्रमा लगानी केन्द्रित गरोस् भने ।  बैंकका सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले बैंकले हाल ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखी  सबै प्रकारका वाणिज्य बैङ्किङ सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि क्षेत्रलाई नछोड्ने अरू क्षेत्रलाई जोड्ने नीतिका साथ बैंकले मुलुकका २७४ शाखालाई सूचना प्रविधिमा जोडेर काम गरिरहेको बताए ।

पूर्वअध्यक्ष श्रीकृष्ण उपाध्यायले ‘नेपाली जनताको घर आँगनको बैंक, कृषि विकास बैंक’ भन्ने नारालाई सफल तुल्याउन बैंकलाई आधुनिक र अग्रणी बैंकको रुपमा स्थापित गर्ने ढङ्गबाट कार्यक्रम बनाएर अघि बढ्न पदाधिकारी र कर्मचारीलाई सुझाव दिए ।

बैंकर्स एशोसिएशनका अध्यक्ष भुवन दाहालले बैंकलाई कृषि क्षेत्रमा ठूला आयोजनाका लागि लगानीको नेतृत्व गर्न सुझाव दिए ।

बैंकको एक लाख ४२ हजार ऋणीमध्ये उत्कृष्ट कारोवार गर्ने, बैंकमा लामो समय सेवा गरेका र पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो । 

कर्जा प्रवाह १४ अर्बले बढ्यो

बैंकले गत पुस मसान्तसम्म कूल १२७ अर्ब निक्षेप र ११७ अर्ब प्रवाह गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १८ अर्ब र कर्जामा रु १४ अर्ब वृद्धि भएको बैंकले जनाएको छ । बैंकले सहुलियतपूर्ण कृषि कर्जातर्फ दुई हजार ५०० बढी ग्राहकलाई रु ५ अर्ब भन्दा बढी लगानी गरेको छ । 

बैंकको सञ्चालन मुनाफा ८ प्रतिशतले बढेर रु ५३४ करोड पुगेको प्रमुख कार्यकारी अधिकृत उपाध्यायले जानकारी दिए । हाल बैँकले निष्क्रिय कर्जा ३.२९ प्रतिशतमा राख्न सफल भएको छ । बैंकको आव २०७५/७६ को वार्षिक साधारणसभा पश्चात अधिकृत पूँजी रु २१ अर्ब र कूल चुक्ता पूँजी रु १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार छ ।

नयाँ वर्ष २०७६ को शुभारम्भसहित सरकारले ल्याएको सबै नागरिकको बैंक खाता अभियालनलाई कृषि विकास बैंकले महत्वपूर्ण टेवा पुर्‍याएको छ ।

त्यसअन्तर्गत हालसम्म ५२ हजारभन्दा बढी जनताको बचत खाता खोलिएको बैंकले जनाएको छ । बैंकले आफ्ना शेयरधनीलाई नगद लाभांश २४ प्रतिशत र बोनश शेयर ६ प्रतिशत गरी ३० प्रतिशत लामांश वितरण गरेको छ । बैंकबाट प्रवाह गरिएको कर्जामध्ये ८० प्रतिशत १० लाखभन्दा कमका रहेका छन् । 

कृषिका साथै पर्यटन, जलविद्युत्लगायत उत्पादनमूलक एवं प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा प्रवाह गरिएको बैंकले जनाएको छ । कृषि क्षेत्रको माध्यामबाट समग्र मुलुकको विकास गर्ने उद्देश्यले २०२४ माघ ७ गते बैंकको स्थापना गरिएको थियो । समारोहमा ‘बैंक समाचार’ विशेषाङ्कको विमोचन गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x