×

NMB BANK
NIC ASIA

आफ्ना बालबालिकाको प्रशंसा गर्ने गर्नुस्, पर्नेछ यस्तो चामत्कारिक प्रभाव

माघ ७, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

तपाईंले कहिल्यै बालमनोविज्ञानको बारेमा सोच्नुभएको छ ? उनीहरूको आनीबानी व्यवहारको विषयमा ध्यान दिनुभएको छ ? उनीहरूले गरेका गतिविधिबारे गहिरिएर सोच्नुभएको छ ?

Muktinath Bank

यदि छैन भने उनीहरूका क्रियाकलापबारे आजैदेखि ख्याल गर्ने बानी बसाल्नुहोस् । मनोविद्का अनुसार पाँच वर्षसम्म बालबालिकालाई आमाबुबाको न्यानो माया र साथ चाहिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीन वर्षका बालबालिका जुनसुकै काम गर्न पनि अघि सर्छन् । चार वर्ष पुगेपछि आफ्नो सामानका लागि झगडा गर्न थाल्छन् । पाँच वर्षको पुग्दा अरूलाई हेप्न र हेपिन थाल्छन् । उसको होडबाजी शुरु हुन्छ ।  साधारणतया गलत र सही के हो भन्नेबारेमा विचार गर्न थाल्छन् । यो बेलामा अरूको नक्कल गर्ने र ठूला मान्छेले जस्तै क्रियाकलाप गर्ने रुचाउँछन् । 


Advertisment
Nabil box
Kumari

चकचके र चुलबुले अवस्थामा बालबालिकाको मनोविज्ञान बुझेर काम गर्न सकिएन भने उनीहरूमा दीर्घकालीन असर हुने बताउँछन् मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना ।

Vianet communication
Laxmi Bank

उनका अनुसार नराम्रै काम गरेको भए पनि बालबालिकालाई प्रशंसा गर्नुपर्छ, ताकी उनीहरूको आत्मबल र जाँगरमा कमी नआओस् । 'अभिभावकको निगरानीमा बालबालिकालाई उमेरअनुसारको काम गर्न दिनुपर्छ, दोहोरो सञ्चार गर्नुपर्छ, अरूका अगाडि राम्रा कुराको प्रशंसा गर्नुपर्छ, तब मात्रै उनीहरूको क्षमता विकास हुन्छ र आत्मबल बढ्छ, जसले भविश्यसम्मै बालबालिकालाई फाइदा पुग्छ', डा. ठगुन्नाले भने ।

बालविकास विज्ञका अनुसार एकदेखि तीन वर्षसम्मको बालबालिकामा वातावरण र सामग्रीमा निर्णय गर्ने अवसर पाएमा स्वतन्त्रताको अनुभूति गर्छन् भने अवसर नपाएमा शङ्का र दोधारको धारणा विकास गर्छन् । तीनदेखि छ वर्षमा नयाँ–नयाँ सीप सिक्न अग्रसर हुने हुँदा नेतृत्व लिने र निर्णय गर्ने अवसरमा अवरोध आएमा आत्मविश्वासमा कमी आई आफूप्रति नै दोषी भावना राख्दै क्रुर स्वभावको बन्न पुग्छन् । 

अध्ययनअनुसार छदेखि १२ वर्षका बालबालिका आफूले गरेका कामप्रति अरूबाट स्याबास पाउन लालायित हुन्छन् । उनीहरूको चाहना र भावना बुझेर अभिभावक, शिक्षक, समुदाय र स्याहारकर्ताले उनीहरूलाई प्रोत्साहन दिनुपर्छ । बाह्रदेखि २० वर्षमा ‘म को हुँ’ भनेर पहिचान गर्नसक्ने भएमा उनीहरूमा सकारात्मक सोचको विकास हुने विज्ञहरूको भनाइ छ । यदि नकारात्मक भयो भने द्विविधाको भावना सिर्जना भई आफैँलाई कमजोर बनाउँदै लैजान्छ ।

नेपाललगायत विकासोन्मुख मुलुकमा बालबालिकाप्रति हुने सामाजिक व्यवहार सुधार गर्नुपर्नेमा विज्ञहरूको जोड छ । पछिल्लो एक अध्ययनले प्रारम्भिकरुपमा बाल विकासमा ध्यान नपुग्दा विकासोन्मुख मुलुकमा ४३ प्रतिशत बालबालिकाको जुन तहमा व्यक्तित्व विकास हुनुपर्ने हो त्यो हुन नसकेको देखाएको छ ।  

अध्ययनअनुसार विश्वमा १० देखि १८ वर्षमुनिका बालबालिकाको मृत्युको दोस्रो ठूलो कारण आत्महत्या हो । आत्महत्या कुनै न कुनै मानसिक विचलनले हुने गर्दछ । ‘‘बेलैमा बालविकासमा ध्यान नपुग्दा बालबालिकामा हुने मानसिक विचलन यसको मुख्य कारण हो’’, भन्छन् मनोविद् डा ठगुन्ना ।

बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरूको मनोविज्ञान बुझेर अभिभावकले त्यहीअनुसारको क्रियाकलाप सञ्चालन गर्नुपर्ने प्रारम्भिक बाल विकासविज्ञ मीनाक्षी दाहाल बताउँछिन् । 'अहिले हाम्रो ध्यान उपचारमा केन्द्रित छ तर त्योभन्दा पहिले समस्या आउनै नदिन प्रचारात्मक कार्यक्रम गर्न जरुरी हुन्छ', डा. दाहाल थप्छिन् ।

प्रारम्भिक बालविकासको सिद्धान्तले बालबालिकालाई गर्भावस्थादेखि आठ वर्ष हुँदासम्म विशेष महत्व दिएर उनीहरूका सर्वाङ्गीण विकासमा मद्दत पुग्ने गरी लालनपालन तथा हेरचाह गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । यसका लागि आमाबुबा र घरपरिवारको हेरचाह आवश्यक पर्छ ।

प्रतिकूल वातावरणले बालबालिकाका लागि मानसिक र संवेगात्मक पक्षको विकासमा क्षति हुने र उचित ढङ्गले मनो–सामाजिक पक्षको विकास हुँदैन । घरेलु हिंसा, उपेक्षित र स्याहार नपुगेका बालबालिकामा अन्यको तुलनामा मानसिक र व्यावहारिक समस्या देखापर्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठ बाल क्षमता विकासमा पारिवारिक वातावरण हुनु जरुरी रहेको बताउँछन् । उनले अझै पनि मुलुकमा प्रारम्भिक बालविकासलाई ध्यान दिन नसकेको महसुस भएको बताउँदै अब बन्न लागेको सङ्घीय शिक्षा ऐनले सम्बोधन गर्ने आशा व्यक्त गरे ।

बालबालिकाले भनेका कुरा सक्रियरुपमा सुन्ने, उनीहरूसँग कुरा गर्दा सम्मानसूचक शब्दहरू प्रयोग गर्ने, सकारात्मक व्यवहारको प्रशंसा गर्ने, भावनात्मक रुपमा उनीहरूसँग नजिक हुने, उनीहरूको व्यवहारप्रति सकारात्मक प्रतिक्रिया देखाउने, बचन पूरा गर्ने व्यवहार विकासका लागि वातावरण सिर्जना गर्ने, बालबालिकालाई नै जिम्मेवारी दिने, चुनौतीपूर्ण अवस्थाको सामना गर्न तयार बनाउने र रमाइलो वातावरण सिर्जना गर्नसके उनीहरूको क्षमता विकासमा सकारात्मक प्रभाव पर्छ । 

सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका अध्यक्ष पूर्वसचिव जयराम गिरीले प्रारम्भिक बाल विकासका लागि संस्थाले ‘बालमनोविज्ञान तथा व्यवहार विकाससम्बन्धी चित्रात्मक सहयोगी पुस्तिका’ प्रकाशन गरेको जानकारी दिए । 

पुस्तक सबैका लागि उपयोगी हुने खालको रहेको उनको भनाइ छ । पुस्तकको आज शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले विमोचनसमेत गरेका छन् ।

प्रारम्भिक बाल विकासविज्ञ डा. दाहालले पुस्तक बालबालिकाको क्षमता विकासका लागि पुस्तक उपयोगी रहेको बताइन् ।

चित्र र विज्ञका लेख समावेश गरी बनाइएको पुस्तक हरेक बाल विकास केन्द्र र सहयोगी कार्यकर्ताका लागिसमेत उपयोगी छ ।

सेतो गुराँसले बालविकासका लागि आज काठमाडौँमा एक अन्तक्र्रियात्मक कार्यक्रमसमेत आयोजना गरेको थियो । नारायण ढुंगाना / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x