कांग्रेसद्वारा केन्द्रीय सदस्य बुढाथोकीको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीका भाइ अरुण बुढाथोकीको निधनमा दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी झापा मेचीनगर निवासी बुढाथोकी निधनप्रति दुःख व्यक्त गरेका हुन् ।


Advertisement

एकसठ्ठी वर्षीय बुढाथोकीको यही माघ ५ गते झापामा निधन भएको थियो । 

पार्टीका पूर्व क्षेत्रीय प्रतिनिधि रहनुभएका बुढाथोकीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।


Advertisement

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले स्वर्गीय बुढाथोकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्