जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
स्मार्टफोनका लतीहरूलाई वास्तविक संसारमा ल्याउन र आराम दिलाउनका लागि अफलाइन कुर्सी बनाइएको छ । कुर्सीमा बस्नेहरूलाई इन्टरनेट पहुँचबाट ब्लक गरिन्छ ।
नरम, खैरो रंगको कपडा मोरिएको कुर्सीले बस्नेहरूलाई आरामदायी र शान्त वातावरण उपलब्ध गराउने बताइएको छ ।
यसमा अफलाइन पकेट पनि राखिएको छ । त्यसभित्र राखिएको कुनै पनि डिभाइसमा वाईफाई र मोबाइल सिग्नल पुग्न पाउँदैन ।
‘अध्ययनहरूले देखाएअनुसार एक औसत प्रयोगकर्ताले दिनको ११० पटक फोन अनलक गर्ने गरेका छन् अनि कीर्तिमान तोड्नेहरूले झन् ९०० पटक पनि खोले,’ पोल्यान्डकी डिजाइनर अगाता नोवाकले बताइन् । त्यसपछि उनले सन्
२०१५ मा अफलाइन कुर्सी बनाउन थालेकी हुन् । त्यतिखेर उनी पोज्नानमा रहेको युनिभर्सिटी अफ फाइन आर्ट्समा फर्निचर डिजाइन अध्ययन गरिरहेकी थिइन् ।
त्यतिखेर मानिसहरू दिनमा औसत दुई घन्टा फोनमा बिताउने गर्थे । तर अहिले औसत रूपमा चार घन्टामा फोनमा मानिसहरूले समय बिताउने गरेका छन् । त्यो भनेको सुतेको समयबाहेक जीवनको एक चौथाइ भाग हो ।
नोवाकले भनिन्, ‘मैले मानिसहरूको व्यवहार हेरें । हामीहरू अत्यधिक उत्तेजित अवस्थामा रहन्छौं । आज रिल्याक्स गर्न हामीहरू ध्यान र माइन्डफुलनेस जस्ता काम गरिरहेका छौं । अनि राम्रो निद्राका लागि हामीहरू विभिन्न किसिमका याप प्रयोग गर्छौं । तर हामीले एक क्षणका लागि स्मार्टफोनलाई बिर्सियौं अनि नोटिफिकेसन नसुनी बस्यौं भने यसको आनन्द उठाउँथ्यौं,’ नोवाकले थपिन् ।
‘तर यसलाई व्यवहारमा उतार्नु निकै गाह्रो छ किनकि हामीहरू स्मार्टफोनका लती हौं,’ उनले भनिन् ।
नोवाकले कुर्सीलाई व्यापारिक रूपमा विकसित गर्न एक प्रोड्युसर खोजिरहेकी छन् ।
एजेन्सी
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...