धादिङमा मिनीट्रक दुर्घटना, ६ जनाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर– ९ मा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

ढोला मण्डली मन्दिरमा पूरा गरी फर्किँदै गरेका यात्रु बोकेको ग १ ख ८०१२ नम्बरको मिनीट्रक तीव्र गतिका कारण सडकमा पल्टिएर दुर्घटनामा परेको हो ।


Advertisement

दुर्घटनामा परी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

३१ जना घाइते भएका छन्, ती मध्ये ७ जनाको अवस्था गम्भीर छ ।


Advertisement

गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले  जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्