एमसीसी सैन्य परियोजना होइन, संसदबाट अनुमोदन हुन्छ : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन हुने बताएका छन्। 

  प्रेस संगठन डडेल्धुराले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकालले एमसीसी कुनै सैन्य प्रयोजन नभएकाले संसद्बाट पास हुने बताए।


Advertisement

माघ १२ गते संसद्ले सभामुख पाएपछि सरकारले एमसीसीको फाइल संसदमा पेश गर्ने र पास हुने उनको दाबी छ।

‘एमसीसी परियोजना कुनै सैन्य परियोजना हैन। हातहतियार र सशस्त्र बलसँग यसको कुनै संलग्नता छैन,’ उनले भने, ‘एमसीसी विकास परियोजना हो । नेपालका लागि आवश्यक पनि छ।’ एमसीसी परियोजना कार्यान्वयनमा लगिने उनको भनाइ थियो । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्