×

NMB BANK
NIC ASIA

उपसभामुख कसलाई ?

माघ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपाबाट सभामुख हुने भएपछि  संवैधानिक व्यवस्थाअनुसार उपसभामुख अर्को दलबाट हुनुपर्छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल राजपाले उपसभामुखमा दाबी गरेका छन् । तर, प्रतिनिधिसभामा बहुमत भएकाले नेकपाको निर्णय नै निर्णायक हुनेछ ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय सभा निर्वाचनमा तालमेल तथा अन्य विषयमा समेत सहकार्य गर्दै अघि बढ्ने समझदारी भएकाले उपसभामुखमा नेकपाको समर्थन हुने राजपा नेताहरूको विश्वास छ । नेकपा र राजपाका शीर्ष नेताहरू निरन्तर अनौपचारिक छलफलमा छन् । नेकपाबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल तथा राजपाबाट अध्यक्ष मण्डलका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोबीच निरन्तर छलफल चलिरहेको छ । सोही छलफलको आधारमा नेकपाको सभामुख उम्मेदवारमा राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक बसेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजपाको समर्थन नेकपालाई भएकाले आफू समर्थक बसेको कर्णले बताए । ‘सभामुखमा हाम्रो समर्थन नेकपालाई छ’ कर्णले नयाँ पत्रिकासँग भने । तर, उपसभामुखको विषयमा भने सभामुखको निर्वाचनपछि निर्णय हुने उनले बताए । यद्यपि, राजपाले उपसभामुखका विषयमा पार्टीभित्र छलफलसमेत चलाइसकेको छ । चन्दा चौधरी र अमृता अग्रहरीको नाममा छलफल सुरु भएको राजपाका एक नेताले बताए । दुवै समानुपातिक सांसद हुन् ।


Advertisment
Nabil box
Kumari

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख कुन दलबाट बनाउने भन्ने निर्णय सभामुख निर्वाचनपछि मात्र हुने बताए । ‘कांग्रेस र राजपा दुवैले उपसभामुख दाबी गरेका छन्,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘उपसभामुख कुन दलबाट बनाउने भन्ने निर्णय सम्भवतः सभामुख निर्वाचनपछि मात्र हुनेछ ।’राजपा महासचिव केशव झाले अनौपचारिक तहमा कुराकानी भएको बताए । ‘अनौपचारिक रूपमा संवादहरू भइरहेका छन्,’ झाले भने, ‘तर, उपसभामुखबारे औपचारिक छलफल १२ माघ (सभामुख निर्वाचन) पछि मात्रै हुन्छ ।’

Vianet communication
Laxmi Bank

नेकपा र राजपाबीच अनौपचारिक छलफल बाक्लिएपछि राजपाका वरिष्ठ उपाध्यक्षद्वय वृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला, उपाध्यक्षद्वय गोविन्द चौधरी र रमेशप्रसाद यादव तथा महासचिव विजयकुमार सिंहले पार्टीमा निर्णय गरेर मात्र अघि बढ्न माग गरेका छन् । उनीहरूले मंगलबार संयुक्त विज्ञप्ति निकालेर राजनीतिक समिति र केन्द्रीय समिति बैठक तत्काल बोलाउन माग गरेका हुन् । लाल र यादव राष्ट्रिय सभाका सांसद हुन् । उनीहरूको दुईवर्षे कार्यकाल सकिँदै छ । सो स्थानमा राजपाले मृगेन्द्रसिंह यादव र शेखर सिंहलाई उम्मेदवार बनाएको छ । 

राजपाले दुई वर्षअघि तत्कालीन एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा निःसर्त समर्थन गरेको थियो । तर, जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपाले समर्थन फिर्ता लिएको थियो । त्यसपछि लामो समयसम्म नेकपा–राजपाबीच संवादहीनताको अवस्था बन्यो । गत २ पुसमा राष्ट्रिय सभामा तालमेलको समझदारीसँगै नेकपा–राजपा पुनः नजिकिएका छन् । 

कांग्रेसको दाबी
कांग्रेसले पनि उपसभामुखको दाबी गरेको छ । दाबीलाई बलियो बनाउनकै लागि कांग्रेस संसदीय दल कार्यसमितिको मंगलबारको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गर्‍यो । बैठकपछि कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले दोस्रो ठूलो दल र प्रमुख प्रतिपक्षी भएकाले पार्टीले उपसभामुखका लागि गरेको दावी स्वभाविक भएको बताए । उनले भने ‘उपसभामुखका लागि कांग्रेसले गरेको दावीलाई उहाँहरू (नेकपा)ले सहयोग र समर्थन गर्नुपर्छ’ खाणले भने, ‘उपसभामुख कांग्रेसबाटै हुनेछ भन्नेमा हामी आशावादी छौँ ।’ अघिल्लो महिना मात्र सरकारबाट बाहिरिएको समाजवादी पार्टीले उपसभामुखमा दावी गरेको छैन । राष्ट्रिय जनमोर्चाले उपसभामुखको प्रस्ताव अस्वीकार गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x