×

NMB BANK
NIC ASIA

राष्ट्रियसभा निर्वाचन : राजनीतिले तात्दै बर्दिवास

माघ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एकाबिहानै उठ्दा बाक्लो हुस्सुले छपक्कै छोपेको हुन्छ ।

Muktinath Bank

सिरेटोले लगलगी मुटु कमाउँदो छ तर आसन्न राष्ट्रियसभा निर्वाचनले महोत्तरीको बर्दिवास नगरमा राजनीतिक तापमान भने ह्वात्तै बढाएको छ । प्रदेश नं २ मा चार सदस्य पदका लागि बिहीबार हुने निर्वाचनको तयारीमा दलहरु बर्दिवास केन्द्रित भएका छन् । नेकपा–राजपा र नेका–समाजवादी पार्टी गरी दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने चुनावका अधिकांश मतदाता अहिले बर्दिवासमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बर्दिवास प्रदेश नं २ को करिब मध्यमा पर्ने र बीपी राजमार्गबाट सोझै काठमाडौँसँग जोडिने भएकाले चुनावी समन्वयका लागि उपयुक्त थलो भएको दल र उम्मेदवारहरुको भनाइ छ । 'प्रदेशभरिको प्रचार समन्वय गर्न र काठमाडौँ आउन जान सजिलो भएकाले चुनावमा बर्दिवास केन्द्रित भएका हौँ”, मङ्गलबार बर्दिवासमा भेटिनु भएका अपाङ्ग तथा अल्पसङ्ख्यक समूहबाट नेकपा–राजपा गठबन्धनका उम्मेदवार राजपा नेता शेखरकुमार सिंहले भने, 'अनि नेता, कार्यकर्ता एवं मतदाताको सुरक्षित बसोबास पनि यहाँ सजिलो लाग्यो ।'


Advertisment
Nabil box
Kumari

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयनपत्र दाखिला गरेपछि दुवै गठबन्धनले बर्दिवासमा प्रदेशस्तरीय बैठक, परिचयात्मक कार्यक्रम र चुनावी प्रशिक्षणसहितका कार्यक्रम सम्पन्न गरेका छन् । आसन्न निर्वाचनका लागि नेकपा–राजपासम्बन्धित प्रदेशसभा सदस्य र स्थानीयतहका प्रमुख⁄उपप्रमुख तथा अध्यक्ष⁄उपाध्यक्ष (राष्ट्रियसभा निर्वाचनका मतदाता) बर्दिवासका होटलमा भरिएका छन् ।

Vianet communication
Laxmi Bank

आसन्न चुनावको क्रममा दुवै गठबन्धनका नेता, उम्मेदवार र मतदाताको बाक्लो आवतजावत भएपछि बर्दिवासका चोकचोकमा चुनावी परिणामबारे आकलन र तयारीबारेको बाक्लो टीकाटिप्पणी सुन्ने गरिएको छ । चुनावी तयारीबारे समन्वयको मुख्य थलो भएपछि बर्दिवासका होटल व्यवसायी उत्साहित देखिएका छन् ।

'अहिले राष्ट्रियसभा निर्वाचनले बर्दिवासको महत्व बढाएको छ', बर्दिवासस्थित होटल विनायकका प्रबन्ध व्यवस्थापक सुजन आचार्यले भने, 'मुख्य कुरा प्रदेशभरिकै वरिष्ठ नेता, प्रदेशसभा सदस्य र स्थानीयतहका जनप्रतिनिधिलाई आतिथ्यता दिन पाएका छौँ, यसले उत्साहित बनाएको छ ।'

चुनावमा आ–आफ्नो पक्षका मतदातासँग भेटघाट, संवाद र आवश्यक कामको समन्वयका लागि प्रदेश नं २ सरकारका मुख्यमन्त्री र  मन्त्रीहरू पनि बर्दिवास आउने जाने क्रम जारी छ । पछिल्लो एक साताभित्र प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेका–समाजवादी पार्टीको गठबन्धन भेलामा सरिक पनि भइसकेका छन् । 

विगतमा मधेश आन्दोलनताका बर्दिवास बन्द नहुँदा त्यतिखेरका आन्दोलनकारीको निशानामा रहेको बर्दिवासमा अहिले तिनैको जमघट बढेको छ । अहिलेको चुनावको समीकरणले त्यतिखेरका आन्दोलनकारी र मूलधारका मुख्य राजनीतिक दलबीच गठबन्धन हुँदा विगतको मनोमालिन्य पखाल्न राम्रो अवसर बर्दिवासले पाएको यहाँका बासिन्दा बताउँछन् ।  

ससाना चियापसलदेखि यहाँका सबैजसो होटल, चोकपरिसर र सभाहल दिनहुँ चुनाव केन्द्रित कार्यक्रमले भरिभराउ देखिन्छन् । चुनावले आफ्नो ठाउँमा बढाएको चहलपहलले बर्दिवासवासी उत्साहित छन् । 'प्रदेशभरिकै मुख्य भूमिकामा रहेका नेता र जनप्रतिनिधिको बर्दिवास आवतजावत बाक्लिँदा यस ठाउँको विकासको सम्भावना फराकिलो हुने विश्वास छ', बर्दिवास नगरपालिका–१ का वडाध्यक्ष चूडामणि पोखरेलले भने, 'हामीलाई यो कुराले उत्साहित बनाएको छ ।'

राजनीतिक जमघट बढ्दा यहाँको चहलपहल निकै बढेसँगै सडकमा सर्वसाधारणको हिँडडुलमा भने सकस बढेको छ । मुख्यचोक वरिपरि प्रदेशभरकै नेता र जनप्रतिनिधिका सवारी साधनको पार्किङ र आवतजावत बढेपछि सडक काट्न र सडक पेटीमा हिँड्नै पनि ठाउँ नपाइएको पैदल यात्रुले गुनासो गरेका छन् । गोपालप्रसाद बराल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x