कर्मचारीले सिक्न खोज्दा गाउँपालिकाको गाडीले बितण्डा मच्चाएपछि...

Photo : daunnenews

नवलपुरको हुप्सेकोट गाउँपालिकाको गाडीले ठक्कर दिएर १ बालकको मृत्यु र ४ जना घाइते भएपछि हिजो साँझदेखिको तनाव अझै साम्य भएको छैन ।

गाउँपालिकाको ग१झ ३८९ नम्बरको स्कोर्पियोको ठक्करबाट हुप्सेकोट– ४ का ५ वर्षीय बालक डिपु गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यायल नवलपुरले जनाएको छ ।


Advertisement

सोही ठाउँका ५५ वर्षीय भीमबहादुर लुंगेली, २६ वर्षीया मीना गाहा, ७० वर्षीय पूर्णबहादुर लामा र हुप्सेकोट ५ का वडाध्यक्ष पदमबहादुर राना घाइते भएका हुन् ।

घाइते वडाध्यक्ष राना डिस्चार्ज भइसकेका छन् भने अन्य ३ जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।


Advertisement

गाउँपालिकाको गाडी वडाध्यक्ष राना चढेको ना१ब २५७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर घरमा अन्य ४ जनालाई ठक्कर दिन पुगेको थियो ।

गाउँपालिकाका कर्मचारी शिवप्रसाद सुवेदीले गाडी सिक्ने क्रममा ठक्कर दिएको स्थानीयको आरोप छ ।

मंगलवार साँझ ५ बजे भएको घटनापछि स्थानीयले केही कर्मचारीलाई गाउँपालिकाको कार्यलयमै थुनेका थिए । उनीहरूलाई बेलुका निकालिएको थियो ।

अहिले पनि स्थानीयहरू दोषीलाई कारवाहीको माग गर्दै गाउँपालिकामा जम्मा भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मोहन खाँडले जानकारी दिए ।

फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले आरोपित गरेका कर्मचारी सुवेदी पनि फरार छन् ।

दुर्घटनाग्रस्त सरकारी गाडी पनि क्षति पुगेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्