×

NMB BANK
NIC ASIA

पाकेटमारको धन्दा, हतियार देखाएर रकम असुली

माघ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लागुऔषध तथा विभिन्न मुद्धामा सजाय भुक्तानगरी केही समय अघिमात्र जेल मुक्त भएका सिन्धुपाल्चोक जुकुल गाँउपालीका ३ का समुन श्रेष्ठ (ज्यापु)ले विभिन्न ब्यापारीलाई धम्काएर जवरजस्ती चन्दा आतंक मच्चाउन थालेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

श्रेष्ठले सिन्धुपाल्चोकका ठेकेदारहरूलगाएत विभिन्न व्याक्तिलाई हतियार देखाएर ज्यान मार्ने धम्की दिदै जबरजस्ती रकम उठाउने गरेको व्यावसायीको गुनासो छ । प्रहरीका अनुसार श्रेष्ठ पाकेटमार समुहका नाईके हुन् । उनलाई प्रहरीले पटक–पटक पटके कारबाही गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकामा चल्ने सवारी साधनमा समुह नै बनाएर श्रेष्ठले पाकेटमारी गर्दै आएको प्रहरीले यसअघि नै खुलाएको थियो । उनले सिन्धुपाल्चोकका युवाहरूलाई ल्याएर आफ्नो समुहमा समावेसगरी पाकेटमारी, चोरी लुटपाट जस्ता कार्यमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 


Advertisment
Nabil box
Kumari

पछिल्लो केही समय अघि लागुऔषध मुद्धामा जेल सजाय भुक्तानगरी निस्केका श्रेष्ठले सिन्धुपाल्चोकका केही ठेकेदारलाई धम्काएर रकम माग गरेको स्रोतले जानकारी दियो। नाम उल्लेख नगर्ने सर्तमा एक सिन्ध्पाल्चोकका निर्माण ब्यावसायीले भने,‘उनले मागेको रकम दिन पर्ने रे, नदिए तेरो परिवारको के होला भन्ने हतियार देखाउने उसको त्रासले बाहिर निस्कन मुस्कील समेत भयो ।’ 

Vianet communication
Laxmi Bank

त्यसैगरी अर्का बौद्धका एक ब्यापारीले पनि श्रेष्ठले जबरजस्ती रकम माग गरेको उक्त रकम नदिए परिवारलाई सिद्ध्याउने धम्की दिएको बताए। 

स्रोतका अनुसार श्रेष्ठले पछिल्लो समयमा नक्कली सुन नक्कली डलर देखाएर समेत विभिन्न ब्याक्तिलाई ठगी गर्ने गरेका छन् ।

 सस्तोमा सुन र डलर भन्दै उनले विभिन्न ब्याक्तिलाई एकान्तमा बोलाउने अनि हतियार देखाएर भएको रकम र सरसामान लुटपाट गर्ने गरेको स्रोतले जनाएको छ । परिवारलाई मार्ने धम्की दिएका कारण पिडितहरूप्रहरीमा उजुरी गर्ने डराउने गरेको श्रेष्ठले धम्की दिएका एक व्यापारीले बताए । ‘हामीले प्रहरीलाई खबर गरेर के गर्नु, उ एक दिन छुटीहाल्छ, प्रहरीले सधै हाम्रो परिवारलाई सुरक्षा दिदैन’ व्यापारीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x