कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बिहीवार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा १४ स्थानीय तह रहेको पर्सामा २८ मतदाता रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सचेत भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातासँग आग्रह गरे ।
जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकृत रञ्जीता झाले विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले निर्वाचन निष्पक्ष, स्वच्छ हुनुपर्नेमा जोड दिइन् । प्रदेश नम्बर २ का ८ जिल्लामा १०७ प्रदेश सभासदस्य र २७२ स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी ३७९ मतदाता रहेका छन् ।
प्रदेश नम्बर २ मा जम्मा मतभार १० हजार ३२ रहेका छ । प्रदेशसभा सदस्यको मतभार ५ हजार १३६ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुखको मतभार ४ हजार ८९६ रहेको छ । बिहान १०ः०० बजेदेखि मतदान शुरू भई अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने सो मतदानका लागि प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायणनिधि सांस्कृतिक केन्द्रमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको बताइएको छ ।
निर्वाचनमा महिलातर्फ एक पदका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीका तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली कांग्रेसका तर्फबाट नगिना यादवको उम्मेदवारी परेको छ । दलित सभामुखबाट एक पदका लागि नेकपाका तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीका तर्फबाट रामपृत पासवानबीच प्रतिस्पर्धा हुने भएको छ ।
अल्पसंख्यक समूहबाट एक पदका लागि नेपाली कांग्रेसबाट भोला पञ्जीयार र राजपाबाट शेखरकुमार सिंहबीच प्रतिस्पर्धा हुनेछ । अन्य समूहअन्तर्गत एक पदका लागि समाजवाटी पार्टीबाट अनिरुद्धकुमार सिंह र राजपाका तर्फबाट मृगेन्दकुमार सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...