×

NMB BANK
NIC ASIA

केन्या घर बताउने २८ वर्षीया राजी (सामाजिक सञ्जालमा राखेको नाम) केही समययता नेपालमा छिन् ।

Muktinath Bank

वापलग, टिन्डरलगायत डेटिङ एपमार्फत नेपालीहरूसँग सम्पर्कमा रहेकी उनले तिनै एपको माध्यमबाट यौन पेशा चलाएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सलक्क जिउडाल मिलेकी स्लिम अफ्रिकी युवती ‘बिजनेस’ राम्रो भएसम्म नेपालमै रहने बताउँछिन् । 


Advertisment
Nabil box
Kumari

उनले भनेको ‘बिजनेस’ नेपाली युवाको यौन प्यास मेटाएर पैसा कमाउने हो ।

Vianet communication
Laxmi Bank

वापलग नामक डेटिङ एपमा अघिल्लो साताको शनिवार बेलुका उनलाई ४ किलोमिटरको दूरीमा देखाइरहेको थियो । 

उनीबारे चासो राखी म्यासेज गर्दा ठमेल आउन आग्रह गरिन् ।

त्यसपछि ग्राहक नै बनेर कुरा गर्दा उनले आफ्नो रेट पनि सुनाइन्– एकपटकको ५ हजार नेपाली रुपैयाँ ।

अंग्रेजी भाषामा भएको संवादमा उनलाई फेरि सोधियो– एकपटक कि एक रात ? 

उनले तत्कालै जवाफ दिइन्– ‘वन टाइम डुड, दिस इज इम्पोर्टेड से** !’ (एकपटकको हो, साथी । यो आयातित ... हो ।)

कहाँ आउने, सम्पर्क नम्बर कति हो ?

फोन नम्बर र सम्पर्क हुने स्थान बताउन आनाकानी गरेकी उनले भोलि (आइतवार) आउन आग्रह गरिन् ।

सम्पर्क नम्बर र ठेगाना पनि आइतवार नै दिने उनको वचन थियो । 

आफू एकदमै थाकेको कारण देखउँदै उनले भनिन्– ‘देअर वज टू फ*र्स टुडे, आई एम भेरी टायर्ड !’ (आज दुई ग्राहक थिए, म एकदमै थकित छु ।)

शनिवार मात्रै दुई ग्राहकसँग समय व्यतित गरिसकेको उनको आशय थियो ।

धेरै प्रश्न गर्न थालेपछि वास्तविक ग्राहक भएकोमा शंका लागेछ क्यारे, उताबाट म्यासेज आयो– ‘फ** यू डुड, नो मोर कोइसन !’ (जा भाग्, थप प्रश्न नगर्) 
त्यसपछि रिप्लाई आउन छाड्यो ।

यी अफ्रिकी युवती त एक उदाहरण मात्र हुन्, पछिल्लो समय नेपाल आएर यौन पेशा चलाउने विदेशी युवतीको संख्या बढ्दो छ ।
***

अफ्रिकी युवतीसँगको संवादपछि वास्तविकता जान्ने इच्छा जाग्यो ।

ठमेलका क्लब तथा पबहरूलाई बेस बनाएर विदेशी युवतीले यौनधन्धा चलाएका छन् भन्ने सूचना पहिलेदेखि नै थियो । 

एकजना साथी लिएर म स्थलगत रिपोर्टिङका लागि गत शुक्रवार राति ठमेल पुगें ।

राति करीब १२ बजेपछि कर्मचारी सञ्चयकोष चोकमा केही विदेशी युवती देखिए । मंगोलियन अनुहार थियो । चाइनिज हुन् जस्तो लाग्यो । 

उनीहरूको हुलिया तथा मध्यरातको समय हेर्दा यौनकर्मी भएको अनुमान लगाउन गाह्रो भएन । 

तैपनि हामीलाई उनीहरूको गतिविधि पछ्याउनुथियो । 

गतिविधि नियाल्न पिछा गर्ने निधो गर्‍यौं । अनि २ युवतीको पछि लाग्यौं ।

उनीहरू अन्य विदेशी पर्यटकजस्तै ठमेलको एक पबमा छिरे । 

हामी पनि थाहा नपाउने गरी पछाडि लाग्यौं ।

भित्र पुगेर हामीले बीयर र चिकेन चिल्ली मगायौं ।

उनीहरू नाच्न अगाडि गए ।

त्यहीँ नाचिरहेका नेपाली केटाहरूसँग कुराकानी पनि गर्दै थिए । 

उनीहरूको कुराकानीको चियो गर्नकै लागि नाच्ने बहानामा हामी पनि अगाडि गयौं । 

एक युवतीले चिनियाँ लवजमा नेपालीमै सोधिन्, ‘तपाईं नयाँ आउनुभएको ?’ उनको प्रश्नले हाम्रो शंका यथार्थमा बदलिँदै थियो ।

मैले जवाफ दिएँ, ‘होइन, म यहाँ आइरहन्छु !’ तर उनले विश्वास गरिनन् ।

‘नेभर विफोर सी यू । आइ थिंक यु आर फ्रम आउट अफ भ्याली ?’ (यसअघि देखेकी थिइनँ । भ्याली बाहिरबाट हो?) उनले जिज्ञासा थपिन् ।

‘नोप’ हामीले शर्टकट उत्तर दियौं ।

‘क्यान यु जोइन् अस ?’ (हामीसँग आउने हो ?) हामीले अनुरोध गर्‍यौं ।

‘यप्’ उनको जवाफ यति मात्र आयो ।

हामीसँगै २ जना युवती आए, एउटै टेबलमा बस्यौं ।

उनीहरूले २ वटा भोड्का मगाए । 

हामीले १ बीयर र १ हट लेमन मगायौं ।

हामीलाई उनीहरूको बारेमा जान्नु थियो । प्रश्न गर्नतर्फ लाग्यौं । 

यति बेलासम्म उनीहरू निर्धक्क भैसकेका थिए, हामी उनीहरूको ग्राहक हौं भनेर । 

मैले नेपालीमै प्रश्न गरें, ‘तपाईंहरू नेपाल बस्न थाल्नुभएको कति भयो नि ?’ 

पहिलो युवतीले जवाफ दिइन्, ‘८/९ महिना जति भयो ।’ 

भिसा ? मैले फेरि प्रश्न गरेँ  । खित्का छाडेर हाँस्दै उनले भनिन्, ‘नेपालमा बस्न सजिलो छ नि !’ हाँसो लामो समय नै गयो । 

त्यसपछि थाहा भयो उनीहरूले शुरूमा ९० दिनको भिसा लगाएका रहेछन्, त्यसपछि गैरकानूनी रूपमा बस्दै आएका ।

‘नेपाली भाषा त धेरै राम्रो जान्नुहुँदो रहेछ नि ?’

‘मैले इंग्लिस त २ महिना सिकेको, नेपाली सिक्न ४ महिना लाग्यो, अहिले बोल्न सक्छु,’ ती युवतीले जवाफ दिइन् ।

हामी सजिलै घुलमिल भएको र प्रश्न गरिरहेको देखेर उनीहरूले अलिकति शंकाको घेरामा पनि राखेका रहेछन् । 

हामीसँग कुरा गरिरहेकी युवतीले भनिहालिन्, ‘तपाईं कति धेरै सोध्नुहुन्छ ? इन्टरभ्यु नै लिनुपर्छ र ?

‘हैन–हैन उसको बानी नै यस्तै हो’ मसँगै गएका मित्रले जवाफ फर्काए । केहीबेर सबै चुपचाप भयौं । बीयर पिउन थाल्यौं ।

झण्डै ५ मिनेटको मौनता तोड्दै मैले रेट जान्न खोजेँ ।

‘अब जाने होइन ?’ साथीले पनि 'जाऊँ' भनिहाले ।

तीमध्येकी दोस्री युवतीले भनिन्, ‘टेन (दश हजार) पर हेड ।’

‘सो एक्सपेन्सिभ, वी कान्ट अफोर्ड ।’ (एकदमै महंगो, तिर्न सक्दैनौं) मेरा मित्रले जवाफ दिए ।

‘वी आर भीआईपी,’ तीमध्येकी दोस्री युवतीले भनिन् ।

हामीले प्रतिव्यक्ति १० हजार नखर्चिने बताएपछि केहीबेर पुनः मौनता छायो ।

त्यसपछि उनीहरूले नै कुरा झिके– ‘फाइभ थाउजेन्ड ।’

हामी पनि के कम, १५ सय भनिहाल्यौं ।

मैले भनें– ‘ठमेलमा त १५ सयमा जत्ति पनि पाइन्छन् ।’ 

त्यसपछि पहिलो युवतीले फेरि भनिन्, ‘५ भन्दा कम हुन्न ।’ हामीले अस्वीकार गर्‍यौं । 

मेरा मित्रले फ्याट्टै भनिहाले– ‘२ थाउ पर हेड ।’

उनीहरूले केही कानेखुसी गरे । 

त्यसपछि पहिलो युवतीले भनिन्, ‘ओके ! बट होटल इज आवर ।’

होटल उनीहरूले खोजेकैमा जानुपर्ने भयो ।

कुन होटल हो भनेर जिज्ञासा राख्दा उनीहरूले ३ दिन अघिबाटै बूक गरेर राखेको बताए । हामीलाई अझै आश्चर्य लाग्यो ।

तीन दिनपहिल्यै किन बूक गरेको भन्ने जिज्ञासामा उनीहरूले सुरक्षाको कारण देखाए । कोही न कोही त भेटिने उनीहरूको आत्मविश्वास पनि रहेछ ।

त्यसो त प्रायः उनीहरूले ग्राहक भेटेकै हुने रहेछन् ।

हाम्रै साधनमा उनीहरूले भनेको लोकेसनतर्फ लाग्यौं । सुन्धारा पुगियो ।

हामीले ‘यो ठाउँमा त बस्दैनौं’ भन्यौं । त्यसपछि उनीहरू हातपातमै उत्रिन खोजे ।

कुटाइ खाइन्छ भन्ने लागेपछि मित्रले हाम्रो पहिचान खुलाइहाले ।

त्यसपछि खतरा उनीहरूलाई पनि महसूस हुने नै भयो । हामी पनि डराएका चाहिँ थियौं ।

फेरि ठमेल फर्किने कुरा भयो ।

साथी अझै बढी डराएछन्, सुटुक्क भने– केही हुने हो कि फेरि ?

मैले जे त पर्ला, जाऊँ भनें ।

मलाई उनीहरूको नाम जान्ने इच्छा थियो र अहिलेसम्म पनि छ । 

पहिलो युवतीले नेपाली नाम रोजी र दोस्रोले युनिसा राखेका रहेछन् । चिनियाँ नाम भने बताउन चाहेनन् । 

ठमेल फर्किएपछि केही कुराकानी भयो । हाम्रो वास्तविकता जानेपछि डराएका उनीहरू कुनै रिस्क लिने मूडमा थिएनन् ।

सौहार्दपूर्ण वातावरणमै कुरा गरे र अप्ठ्यारो नपारिदिन आग्रह पनि ।

उनीहरूको योजना पैसा कमाएर नेपालमै सेटल हुने रहेछ । रोजीले त नेपालमा केटा साथी समेत बनाइसकेको बताइन् ।

शुरूमा भेटिएकै क्लबमा पुगेर हामी छुट्टियौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x