यी फूटबल फ्यानले स्टेडियममा गरे सँगैकी महिलालाई चुम्बन, सम्बन्ध धरापमा (भिडियो)

इक्वेडरमा बार्सिलोना एससी र डेल्फिन क्लबबीच भएको फूटबल म्याचमा एक पुरुष प्रशंसकले सँगै बसेकी महिलालाई चुम्बन गरेको भिडियो खिचिएपछि दोषी अनुहार लगाएका छन् । पछि उनले ती महिलासँग बसेर आफ्नी पत्नीलाई धोका दिएको स्वीकार गरे । 

खेलको हाफटाइममा उनीहरूले गरेको चुम्बनको भिडियो कैद भएपछि सामाजिक सञ्जालमा भाइरल भयो । 


Advertisement

ती पुरुषको नाम डेभी आन्द्रादे हो । उनले आफ्नी साथीसँग बसेर उनलाई चुम्बन गरेका थिए । पछि चाहिँ आफू भिडियोमा आएको थाहा पाएर उनी हात झट्कारेर भोलाभाला देखिएका थिए । 

मेक्सिकोको खेल पत्रिका रेकर्डले लेख्यो, ‘पत्नीलाई धोका दिने सोच बनाइरहनुभएको छ भने स्टेडियममा हजारौं मानिस अनि टीभी हेर्ने लाखौं मानिसका अगाडि त्यो गर्न आँट नआउनुपर्ने हो तर बार्सिलोना एससीका यी प्रशंसकले त्यसै गरे ।’


Advertisement

आन्द्रादे उक्त घटनापछि आफ्नो फेसबूक र इन्स्टाग्राम अकाउन्टमा गएर आफ्नो क्रियाकलापको प्रतिरक्षा गरे अनि आफ्नो सम्बन्ध ध्वस्त भएको स्वीकारे । 

उनले आफ्नो भिडियो भाइरल बनाउनेहरूलाई आलोचना गर्दै उनीहरूले आफूलाई मनोवैज्ञानिक रूपमा क्षति पुर्‍याएको बताए । 

त्यसपछि उनले पत्नीसँग माफी माग्दै उनीसँगै बस्न चाहेको बताए ।

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्