मान्छेको जस्तो आँखा भएको बोको, भगवानको अवतार भन्दै पूजाआजा (भिडियो)

भारतको राजस्थानमा मान्छेको जस्तो आँखा सहित जन्मेको बोकोलाई ईश्वरको अवतार मानेर पूजाआजा गरिएको छ । बोकोको अनुहार चेप्टो छ र मान्छेको जस्तो आँखा छ । 

बोकोका मालिक मुकेशजी प्रजापतिले त्यसको अनौठो अनुहार देखाउने सानो भिडियो पोस्ट गरेका छन् । 


Advertisement

भिडियोमा बोको गोठमा यताउता हिँडेको र सानो पुच्छर हल्लाएको देखिन्छ । 

साइक्लोपिया नामक दुर्लभ रोगका कारण बोकोको अनुहार बिग्रिएको हुनसक्ने बताइएको छ । 


Advertisement

सन् २०१७ मा पनि मान्छेको अनुहार भएको बोको जन्मेको थियो । त्यसको नाक मान्छेको जस्तो छ तथा नाक र ओठ कोमल छन् । 

एजेन्सी
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्