कर्णालीका ५ जिल्ला सञ्चारविहीन

साविक कर्णालीका ५ जिल्ला सञ्चारविहीन भएका छन् । ३ दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् ।

कालिकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए ।


Advertisement

‘मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो,’ प्रमुख खतिवडाले भने, ‘त्यसको लागि मंगलवार नै प्राविधिक टोली कालिकोट पठाइसकेका छौं ।’

उनका अनुसार आजभोलि नै प्राविधिक टोलीले सञ्चार सेवा पुनः सञ्चालन गर्नेछ । सञ्चार सेवा बन्द भएका कारण त्यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको जनाइएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्