दुलहीकी आमा र दुलाहाका बुवा भागेपछि विवाह रद्द

भारतको गुजरातमा विवाहका लागि तयारी गरिरहेको एक जोडी स्तब्ध भएको छ । दुलाहाका पिता र दुलहीकी आमा भागेपछि जोडीको विवाह रोकिएको छ । 

आफ्ना आमाबुवा भागेपछि जोडीले बिहे स्थगित गर्ने निर्णय लियो । विवाह अर्को हप्ता हुने कार्यक्रम थियो ।


Advertisement

बेहुलाका पिता ४८ वर्षीय कपडा व्यापारी हुन् भने बेहुलीकी आमा ४६ वर्षीया गृहिणी हुन् । उनीहरू पुस २५ मा भागेका हुन् । 

भाग्ने आमाबुवाले बालककालदेखि नै एकअर्कालाई चिनेको र कतरगाम क्षेत्रमा उनीहरू नजिकै बस्ने गरेको बताइएको छ । 


Advertisement

पिता सुरतको कतरगाम क्षेत्रबाट हराए भने आमालाई पछिल्लोपटक गुजरातको नवसारीमा घरबाट निस्केको देखियो । 

दुवै परिवारले आमा बुवा हराएको उजुरी प्रहरीसमक्ष दिएको द टाइम्स अफ इन्डियामा समाचार छ । 

एक अज्ञात नातेदारले भने, ‘एउटै टोलमा बस्ने हुनाले उनीहरू एकअर्कालाई चिन्थे । उनीहरूको सम्बन्ध विगतमा पनि रहेकाले भागेको उनीहरूका नजिकैका साथीहरूले हामीलाई बताए ।’

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्