चिनियाँ राष्ट्रपति शीसँग फेसबुकले माग्यो माफी, यस्तो छ कारण

फेसबुकले चीनका राष्ट्रपति शी चिनफिङसँग माफी मागेको छ । शीको नाम बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा गलत अर्थ लागेको भन्दै फेसबुकले राष्ट्रपति शीसँग माफी मागेको हो ।

दुई दिनका लागि म्यानमारको भ्रमणमा रहेका राष्ट्रपति शीको बारेमा बर्मेली भाषामा फेसबुक पोस्टमा शीको अर्थ गलत अनुवाद भएको थियो ।


Advertisement

शनिवार राष्ट्रपति शीले म्यानमारकी नेतृ आङ सान सुचीसँग भेटेका थिए । उक्त भेटको बर्मेली भाषाको फेसबुक पोस्टमा राष्ट्रपति शीको अंग्रेजी अनुवाद 'शितोले' भएको थियो ।


Advertisement

उक्त पोस्ट नेतृ सुचीको आधिकारिक फेसबुक एकाउन्टबाट पोस्ट भएको थियो । शनिवार फेसबुकले एक वक्तव्य जारी गर्दै प्राविधिक समस्याका कारण यस्तो भएको बताएको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्