बमसहित पक्राउ परे विप्लवका कार्यकर्ता

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता बमसहित पक्राउ परेका छन्।

संखुवासभाको सभापोखरीबाट रेडबुलको बट्टा र प्रेसर कुकरमा बनाइएको बमसहित प्रहरीले मादी नगरपालिका–५ मूलखर्कका सोमबहादुर तामाङलाई पक्राउ गरेको हो। 


Advertisement

सोमबहादुरको साथबाट प्रहरीले एक क्वायल कालोतार, प्लाष्टिकले मोडिएको बम, ३३ नम्बरको डेटोनेटर नौ थान, सकेट बम एक थान, रातो सेफ्टीफ्यूज दुई इन्च र अन्य बन्दोबस्तीका सामग्री फेला पारेको हो ।
 
सोमबहादुरको साथबाट फेला परेका सबै प्रकारका बम सेनाको खाँदबारीमा रहेको बराहदल गुल्मका सहसेनानी टङ्क कुँवरको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्