जाडोका कारण मंगोलियामा २६ हजार जनावर मरे

अत्यधिक जाडोका कारण मंगोलियामा २६ हजारभन्दा बढी जनावर मरेका छन्। 

शिशिर ऋतु चलिरहेकाले अत्यधिक चिसो भएको र ती जनावरहरु मरेको मंगोेलियाका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।


Advertisement

मङ्गोलियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (एनइएमए) का अनुसार यही जनवरी महिनामा पश्चिमी उभ्स प्रान्तलगायतमा यति धेरै जनावर मरेका हुन् ।  

देशका २१ प्रान्तमध्ये ६ प्रान्तमा अहिले चिसोको बढी प्रभाव परेको छ । तीमध्ये पनि ९० प्रतिशत जनावर उभ्स प्रान्तमै मरेका हुन् । घटनास्थल केन्द्रीय राजधानी उलान बाटोरदेखि झण्डै १३ सय किलोमिटर टाढा पर्दछ । 


Advertisement

मङ्गोलियामा जाडो मौसमका बेलामा धेरै जनावर मर्ने गरेको अधिकारीहरुले बताएका छन् । यसअघि सन् २०१६ मा पनि दश लाखभन्दा बढी जनावर यही शिशिर ऋतुमा जाडोकै कारण मरेका थिए ।   

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्