×

NMB BANK
NIC ASIA

सर्वाेच्चले तीन वर्षपछि खोज्यो कूटनीतिक राहदानी दुरुपयोगको फाइल

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कूटनीतिक राहदानी दुरुपयोग गर्दै अस्ट्रेलियामा मानव तस्करी गराएको अभियोगमा पुनरावेदनमा परेको मुद्दामा सर्वोच्च अदालतले तीन वर्षपछि फाइल खोजेको छ । सर्वोच्चले मंगलबार कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोगसम्बन्धी उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंमा रहेको मुद्दाका फाइल झिकाउने आदेश दिएको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले राहदानी दुरुपयोगमा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको किर्ते जालसाजी मुद्दाको फाइल र सरकारी वकिलको कार्यालयले त्यस मुद्दामा पुनरावेदन गरे–नगरेको विवरण पेस गर्नसमेत आदेश दिएको छ ।

Muktinath Bank

जिल्ला अदालतले तत्कालीन समयमा केहीलाई दोषी ठहर गर्दै अधिकांशलाई सफाइ दिएको थियो । विशेषले पूर्वसांसद शिवपुजन राय यादव, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई दोषी ठहर गर्दै जनही तीन महिना कैद र १५ हजार रुपैयाँ जरिमाना गर्ने फैसला गरेको थियो, अन्यले सफाइ पाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेषको सो निर्णयविरुद्ध सरकार र आरोपी दुवै पक्ष सर्वोच्च पुगेका थिए । विशेषको फैसलाविरुद्ध सरकारले ९ जेठ २०७३ मा सर्वोच्चमा पुनरावेदन गर्दै फैसला त्रुटिपूर्ण रहेको र सांसद नारदमुनि रानासहित सबैविरुद्ध अभियोग पुष्टि हुनुपर्ने दाबी गरेको थियो ।


Advertisment
Nabil box
Kumari

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसांसदद्वय यादव र साहको कूटनीतिक राहदानीमा तस्बिर फेरेर अर्कै व्यक्ति अस्ट्रेलिया गएको भनी दिइएको उजुरीका आधारमा अनुसन्धान गरेर २८ वैशाख २०६८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पूर्वसांसद शिवपुजनको राहदानीमा केदारनाथ शर्मा अस्ट्रेलिया गएको अनुसन्धानबाट खुलेको थियो । अन्य सांसदको पनि सोही प्रक्रियाबाट फोटो परिर्वतन गर्दै राहदानी दुरुपयोग भएको देखिएको थियो ।

Vianet communication
Laxmi Bank

राहदानीमा सभासद्को तस्बिर हेरफेर गर्न देवेन्द्र पौडेल, मनोज कार्की, गोपाल बानियाँ, दिलबहादुर घर्ती र सन्तोषराज उप्रेतीले सहयोग गरेको आरोप छ । साथै पूर्वसांसद विश्वनाथप्रसाद र साहको राहदानीबाट पृथ्वी छन्त्याल नाम गरेका व्यक्ति अस्ट्रेलिया गएको आरोप थियो । मुद्दामा अस्ट्रेलिया गएका छन्त्याललाई एक वर्ष ६ महिना कैद र ७५ हजार रुपैयाँ जरिमाना गर्ने फैसला भएको छ ।

को–को तानिएका थिए ?

अख्तियारले संविधानसभा सदस्यको हैसियतले पाएको कूटनीतिक राहदानी दुरुपयोग गरी अनधिकृत व्यक्तिलाई विदेश पठाएर भ्रष्टाचार गरेको अभियोगमा चार पूर्वसांसद, अध्यागमन कार्यालयका तत्कालीन प्रमुख र केही बिचौलियाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूको राहदानीमा रहेको फोटो उप्काएर अन्य व्यक्तिको टाँसी अस्ट्रेलिया पठाएको र सो कार्यमा सहयोग गरेको मुद्दामा अध्यागमन कार्यालयका कर्मचारीसमेत तानिएका थिए । यादव र साहले आफ्नो नाममा जारी भएको राहदानी १ करोड ६२ लाख रुपैयाँमा बिक्री गरी सार्वजनिक पदको दुरुपयोग गरेको भन्दै सोहीबराबरको बिगो र जरिमाना असुल हुनुपर्ने दाबी अख्तियारको थियो ।

उनीहरूलाई सहयोग गर्ने कार्यमा अध्यागमन कार्यालयका तत्कालीन प्रमुख खडानन्द ढकाल (प्रतीक), रमेश लम्साल, देवीदत्त खत्री, इन्द्रकुमार सुनुवार र श्यामबहादुर भण्डारीको संलग्नता रहेको भन्दै अख्तियारले उनीहरूलाई समेत भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले नारदमुनि राना र शिवपुजन रायलाई जनही २२–२२ लाख रुपैयाँमा राहदानी बिक्री गरेको भन्दै सोहीबराबरको बिगो र जरिमाना असुल हुनुपर्ने माग गरेको थियो ।
यस्तै, राहदानीको फोटो परिवर्तन गर्नेलगायत कार्यमा सहयोग गरी बिचौलियाको भूमिका गरेको अभियोगमा डिलबहादुर घर्ती, गोपाल बानियाँ, मनोज कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारको अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत सबै प्रतिवादीसँग बिगो बराबर जरिमाना र ८ देखि १० वर्षसम्म कैद हुनुपर्ने माग गरिएको थियो ।

तीन वर्षदेखि स्थगित

२०७३ सालमा दर्ता भएको सो मुद्दाको दोस्रो सुनुवाइ हुन सकेको छैन । मुद्दामा पहिलो सुनुवाइ १३ चैत २०७५ मा भएको थियो । न्यायाधीशद्वय ईश्वर खतिवडा र तेजबहादुर केसीको इजलासले विपक्षीलाई झिकाउने आदेश गरेको थियो । यो मुद्दाको अन्तिम पेसी मंगलबार थियो । न्यायाधीश हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी थियो । मुद्दामा कार्कीले कानुन व्यवसायी हँुदा बहस गरेकाले हेर्न नमिल्ने भन्दै स्थगित भएको हो । यसरी विचाराधीन मुद्दामध्ये नेकपाका सांसद नारदमुनि रानाको पनि हो । उनी कैलाली ५ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए । सो मुद्दा हालसम्म १८ पटक पेसीमा चढेको छ । १४ न्यायाधीशको इजलासमा पेसी तोकिसकिएको छ । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x