×

NMB BANK
NIC ASIA

सभामुख बस्ने कहाँ ? उपराष्ट्रपति निवास !

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 सरकारले सभामुखका लागि यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन बस्नुभएको लैनचौरस्थित भवन व्यवस्थापन गर्ने भएको छ । राजधानीको कपुरधारा मार्गमा रहेको उक्त भवन सभामुखका लागि व्यवस्थापन गर्न लागिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

यसअघिको बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिमिल्सिनाले प्रयोग गर्नुभएको सरकारी निवासमा प्रधानमन्त्री केपी शर्मा ओली गत मङ्सिर पहिलो साता सरेका थिए । सभामुख चयन प्रक्रिया अघि बढेसँगै संसद् सचिवालयले निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले लौनचौरस्थित उक्त भवनमा आवश्यक मर्मत गरी हस्तान्तरणको तयारी गरिरहेको छ । रङरोगन लगायतका काम करिब सकिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले नयाँ सभामुखका लागि भवन व्यवस्थापन भइसकेको बताए। योगीले भने, “हामीले सभामुख चयनका लागि अधिवेशन आह्वान भएसँगै सहरी विकासलाई निवास व्यवस्थापनको आग्रह गरेका थियौँ । पुसको पहिलो साताभित्र सभामुख निर्वाचित हुने अनुमानमा हामीले सोअघि नै पत्राचार गरेका थियौँ । सहरी विकासले उपराष्ट्रपति यसअघि बस्नुभएको भवन तयार गरिदिएको छ । शुक्रबार सचिवालयले निवासको अनुगमन पनि गर्दैछ । रङरोगन लगायतको सबै काम करिब सकिएको छ ।”

Vianet communication
Laxmi Bank

लौनचौरको उक्त निवास काठमाडौँ महानगरपालिकाका प्रमुखले समेत प्रयोग गरेका थिए । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तका लागि व्यवस्थापन गरिएको थियो । प्रमुख आयुक्तका लागि कार्यालयसँगै निवास व्यवस्थापन भएपछि उक्त भवनलाई उपराष्ट्रपति निवास बनाइएको थियो ।

तत्कालीन उपराष्ट्रपति परमानन्द झा उक्त भवनमा बसेका थिए । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन पनि सोही भवनमा बसे। उनी सरेपछि खाली भएको निवासमा केही समय पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमेत बसे । समाजवादी पार्टीले सरकार छाडेपछि मन्त्री भट्टराई पुल्चोक सरेका थिए । त्यसपछि भवन खाली नै थियो । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x