माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
छाउगोठमा भाइबुहारीको मृत्युपछि पक्राउ परेका साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका छत्र रावतलाई जिल्ला अदालत अछामले ४५ दिन कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले रावतलाई ४५ दिन कैद फैसला सुनाएको स्रेस्तेदार प्रेमप्रकाश थापाले जानकारी दिए।
छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानुनी कारबाहीमा पर्ने रावत पहिलो व्यक्ति भएका छन् । रावत यसअघि अदालतको आदेशमा २५ दिन प्रहरी हिरासतमा बसिसकेका छन् । रावतलाई भेदभाव तथा अन्य अपमानजनक शीर्षकमा गएको पुस १३ मा मुद्दा दर्ताको पछिल्लो दिन १५ हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।
एक वर्षभन्दा कम कैद सामान्य प्रकृतिका मुद्दामा प्रतिदिन तीन सय रुपियाँका दरले बुझाएर जान मिल्ने भएका कारण रावतले कैदमा बस्न बाँकी रहेको १० दिनको छ हजार रुपियाँ बुझाएर गएको अछाम प्रहरीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। रावतकी भाइबुहारी २१ वर्षीया पार्वती बुढा रावतको मङ्सिर १५ गते राति छाउगोठमै मृत्युपछि प्रहरी प्रतिवेदका आधारमा घरमूली रहेका छत्र रावतलाई सोही महिनाको १९ गते पक्राउ गरिएको थियो ।
रावतको मृत्युपछि गृह मन्त्रालयको निर्देशनमा अछाममा छाउगोठ भत्काउने अभियान तीव्र भइरहेको छ । अछाममा सन् २००७ यता १४ जना महिला तथा किशोरीको मृत्यु छाउगोठमै बसेका कारण भइसकेको छ ।
मुलुकी अपराध संहिताको दफा १६८ मा छाउगोठमा बस्ने वा बस्न बाध्य पार्नेलाई तीन हजार रुपियाँ जरिवाना र तीन महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । छाउगोठमा बस्ने र बस्न प्रेरित वा दबाब दिनेलाई स्थानीय तहबाट दिइने सेवाबाट वञ्चित गरेर कानुनी कारबाही थालिने स्थानीय जनप्रतिनिधिले यसअघि नै प्रतिबद्धता गरिसकेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...