×

NMB BANK
NIC ASIA

नयाँ पार्टी, नयाँ घर : बल्खुको विरासत फर्काउने प्रयासमा नेकपा

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चुनावमा नेकपाको वाचा थियो– आधुनिक र समृद्ध नेपाल बनाउने । यसमा खासै प्रगति नभए पनि बल्खुमा भव्य पार्टी मुख्यालय बनाउन नेकपाको कसरत छ । समाजवादी पार्टीले पनि पाँच करोड खर्चेर पार्टी केन्द्रीय कार्यालय बनाउने योजना बनाएको छ । एमाले र माओवादी मिलेर बनेको नयाँ पार्टी नेकपालाई जस्तै संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादीलाई पनि ठूलो घर बनाउने रहर छ । 

Muktinath Bank

बल्खुको विरासत फर्काउने प्रयास


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 नेकपाको तर्क छ :  देशको प्रमुख राजनीतिक दलको आफ्नै कार्यालय भवन नहुँदा मनोवैज्ञानिक सन्देशसमेत राम्रो जान सकिरहेको छैन । त्यसैले अविलम्ब आफ्नै भवन निर्माण गर्नुपर्छ ।


Advertisment
Nabil box
Kumari

नेकपाको २९ मंसिरदेखि ६ पुससम्म चलेको स्थायी कमिटी बैठकका निर्णयको जानकारी र कार्यान्वयनका लागि १० पुसमा ‘अन्तरपार्टी निर्देशन–३’ जारी ग-यो । सातबुँदे निर्देशनको चौथो नम्बरमा पार्टी कार्यालय निर्माणबारे लेखिएको छ, ‘पार्टीको केन्द्रीय कार्यालय भाडाको घरमा सञ्चालन गर्नुपर्दा कार्यसम्पादनमा कठिनाइ उत्पन्न भइरहेको छ । देशको प्रमुख राजनीतिक दलको आफ्नै कार्यालय भवन नहुँदा मनोवैज्ञानिक सन्देशसमेत राम्रो जान सकिरहेको छैन ।’ 

Vianet communication
Laxmi Bank

अर्थात् धुम्बाराहीमा आफ्नो मुख्यालयलाई लिएर उठेका प्रश्न र भएका विवादमा नेकपा सचेत देखिएको छ । वरिष्ठ नेता झलनाथ खनालका अनुसार धुम्बाराही पार्टी कार्यालयको मासिक भाडा एक लाख छ । कार्यसम्पादन र मनोवैज्ञानिक सन्देश दुवैलाई ध्यान दिएर नेकपा स्थायी कमिटीको यस बैठकले अविलम्ब आफ्नै पार्टी कार्यालयका लागि आफ्नै भवन निर्माण गर्ने निष्कर्ष निकालेको छ । 

स्थायी कमिटीको निर्णय हेर्दा नेकपालाई आफ्नै कार्यालय बनाउन हतार छ । त्यसो भए फिल्डमा चाहिँ के भएको छ ? बल्खुस्थित मदननगरमा आधुनिक सुविधा सम्पन्न पार्टी कार्यालय बनाउने तयारी सुरु भएको छ । तत्कालीन एमालेको सात रोपनी क्षेत्रफलमा फैलिएको पार्टी कार्यालय १२ वैशाख ०७२ मा भूकम्पले भत्किएपछि पुनः त्यहीँ ठाउँमा नयाँ भवन बनाउने नेकपाको योजना छ । 

एकीकृत पार्टीका सबै निकाय अटाउने गरी सुविधायुक्त भवन निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन कम्पनीलाई दिइएको नेकपा कार्यालय सचिव श्रीराम ढकालले बताए । ‘पार्टीको केन्द्रीय कार्यालय बल्खुमा बनाउने सहमति भएपछि डिपिआर बनाउन दिएका छाैँ,’ ढकालले भने नयाँ पत्रिकासँग भने, ‘त्यसपछि कस्तो डिजाइनको भवन बन्छ, कति तला, भवन वरिपरि कस्तो साजसज्जा हुन्छ सबै खुल्छ ।’ डिपिआर तयार भएलगतै भवन निर्माणका लागि टेन्डर प्रक्रियामा जाने ढकालले बताए । 

डिपिआर निर्माणका लागि तीन कम्पनीलाई जिम्मा दिएको छ । ‘सरकारी बजेट वा अन्य कुनै दाताबाट सहयोग लिदैनौँ । पार्टीको अन्तरिक स्रोत परिचालन गरेर भवन निर्माण गर्नेछौँ,’ कार्यालय सचिव ढकालले भने, ‘स्वेच्छिक रूपमा पार्टीका, सांसद, नेता, पार्टी सदस्य, सुभेच्छुक, समर्थकलगायतबाट सहयोग लिन्छाैँ ।’ वरिष्ठ नेता खनालले पार्टी अध्यक्षसहित सचिवालय सदस्य, विभाग प्रमुखको कार्यकक्ष अनि पार्टीका विभाग र जनवर्गीय संगठन अटाउने गरी फराकिलो भवन निर्माण गरिने बताए । सभा–सम्मेलन गर्ने हल, स्वदेशी–विदेशी पाहुनाकक्ष, पत्रकार कक्षलगायत सुविधायुक्त भवन बन्नेछ । पार्किङका लागि अन्डरग्राउन्ड मात्रै दुईतलाको बनाइनेछ ।  

कार्यालय निर्माणलाई तीव्रता दिन भवन निर्माणका लागि नयाँ समिति बनाइने भएको छ । तत्कालीन एमाले पार्टी कार्यालय भूकम्पले भत्किएपछि ईश्वर पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति बनाएको थियो । एमाले–माओवादी पार्टी एकतापछि एकीकृत पार्टीको कार्यालय थप परिस्कृत रूपमा निर्माण गर्नुपर्ने भएको पुरानो समिति निष्क्रय भएको बताउँदै खनालले भने, ‘पार्टीको आफ्नै जग्गा हुँदाहुँदै भाडामा चलाउनु राम्रो हुँदैन, अब निर्माण समिति बनाएर कार्यालय निर्माणलाई तीव्रता दिन्छौँ ।’ 

नयाँ भवनको प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले संयुक्त रूपमा छिट्टै शिलान्यास गर्ने तयारी भइरहेको महासचिव विष्णु पौडेलले बताए । ‘हामीले बल्खुमा आधुनिक सुविधासम्पन्न पार्टी कार्यालय बनाउने निर्णय गरिसकेका छौँ,’ पार्टी कार्यालय बनाउन आफूहरू हतारमै रहेको बताउँदै पौडेलले भने, ‘डिपिआर तयार भएलगतै दुवै अध्यक्षज्यूले पार्टी कार्यालय शिलान्यास गर्नुहुनेछ ।’ 

बल्खु, धुम्बाराही र पेरिसडाँडाको कथा

अहिले कार्यालय रहेको धुम्बाराहीस्थित पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनलाई नेकपाले मासिक एक लाख ८० हजार भाडा बुझाउँदै आएको छ । तत्कालीन एमाले कार्यालय भूकम्पबाट भत्किएपछि धुम्बाराही सारिएको हो । एकतापछि धुम्बाराही र पेरिसडाँडा कार्यालयलाई केन्द्रीय कार्यालय बनाइएको छ । पछिल्लोपटक नेकपाको स्थायी समिति बैठक धुम्बाराही कार्यालयमा बसेको थियो । 

बल्खुअघि एमालेको कार्यालय बागबजारमा थियो । ०४८ मा पार्टीका सांसद र सर्वसाधरणबाट चन्दा संकलन गरेर जम्मा भएको एक करोडभन्दा बढी रकमले बल्खुमा कार्यालयका लागि सात रोपनी जग्गा किनेको थियो । ०५० मा एमाले उपमहासचिव वामदेव गौतमको नेतृत्वमा कार्यालय निर्माण भएको थियो । त्यो भवनमा एक करोड ५० हजारभन्दा बढी लागेको नेताहरू बताउँछन् । 

माओवादीले ०६४ मा पेरिसडाँडामा दुई रोपनी आठ आनामा रहेको तीनतले भवन दुई करोड ७२ लाख ५० हजारमा खरिद गरिएको थियो । लगतै ०६५ मा भवनसँग जोडिएको १२, सात र २० आना जग्गा खरिद ग-यो । पछिल्लो जग्गा ऋणमा खरिद गरिएकाले ब्याजका कारण दुई करोडभन्दा बढी परेको नेकपा केन्द्रीय सदस्य शिव कट्टेलले बताए । 

पाँच करोडको कार्यालय बनाउँदै समाजवादी 

 समाजवादीको तयारी :  समाजवादीले आफ्नै जग्गामा पाँच करोड रुपैयाँमा पाँचतले भवन बनाउनेछ । यसका लागि उसले हरेक प्रदेशलाई आर्थिक संकलनको कोटा छुट्याएको छ र आम रूपमा आर्थिक सहयोगका लागि आह्वान गरेको छ । तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकतापछि समाजवादीले आफ्नै जग्गामा पाँच करोड रुपैयाँमा पाँचतले भवन बनाउने भएको छ । ललितपुरको रानीबिउमा रहेको डेढ रोपनी जग्गामा भवन बनाउने तयारी छ । १ कात्तिक ०७६ मा वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा बनेको ११ सदस्यीय भवन निर्माण समितिले काम थालिसकेको छ । 

यसअघि नयाँ शक्तिले बबरमहलमा पार्टी चलाउँदै आएको थियो भने संघीय समाजवादी फोरमले बालकुमारीमा मासिक एक लाख २५ हजार भाडा तिरेर पार्टी कार्यालय चलाउँदै आएको थियो । २३ वैशाखमा नयाँ शक्ति र फोरमबीच एकतापछि तत्कालीन फोरमकै पार्टी कार्यालयलाई कायम गरिएको थियो । कार्यालय सञ्चालन गर्न गाह्रो भएपछि आफ्नै जग्गामा कार्यालय बनाउन दबाब बढेको हो । 

आर्थिक स्रोत जुटाउन नेता, कार्यकर्ता, पार्टी सदस्य, सुभेच्छुक, समर्थक सबैमा आर्थिक सहयोग गर्न समाजवादी पार्टीले अपिलसमेत गरेको छ । ‘हामीले भवन निर्माणका लागि आर्थिक संकलन अभियान चैतसम्म मात्रै चलाउने कि भन्ने थियो । त्यो समय पर्याप्त हुँदैन भन्ने भएपछि केही समय थप गर्ने सोचेका छौँ,’ राईले भने, ‘आर्थिक संकलनको कार्य सम्पन्न भएपछि भवन निर्माण कार्यलाई तीव्रता दिन्छौँ ।’समाजवादीले पाँचतले भवनमा अन्डरग्राउन्ड पार्किङ, अध्यक्षसहित पदाधिकारीको कार्यकक्ष, बैठक हल, पुस्ताकालयलगायत संरचना बनाउने योजना बनाएको छ ।

 प्रदेशको जिम्मा  १० लाखदेखि दुई करोडसम्म

कार्यालय भवन बनाउन समाजवादीले आर्थिक संकलनका लागि योजनासमेत बनाएको छ । हरेक प्रदेशलाई बजेटको कोटा छुट्टाइएको छ । सात प्रदेशसहित एक गैरभौगोलिक र एक प्रवास गरी नौ क्षेत्र बनाइ नेतालाई जिम्मेवारी दिएको छ । प्रदेश सभाको प्रतिनिधित्वको अवस्थालाई ध्यानमा राखेर प्रत्येक प्रदेशमा आर्थिक संकलन गर्न निर्देशन दिएको छ । प्रदेश १ ले ५० लाख, प्रदेश २ ले दुई करोड, बाग्मती प्रदेशले २५ लाख, गण्डकी प्रदेशले २५ लाख, प्रदेश ५ ले ५० लाख, कर्णाली र सुदूरपश्चिमले १०/१० लाख आर्थिक संकलन गर्नुपर्नेछ । गैरभौगोलिक प्रदेशले २५ लाख र प्रवास कमिटीले एक करोड संकलन गर्ने जिम्मा तोकिएको छ । 
२ पुसमा समाजवादीले गरेको परिपत्रमा भवन निर्माणका लागि सहयोग गर्न सबैमा अपिलसमेत गरेको छ । प्रदेश समितिलाई आफ्नो प्रदेशभित्रको सम्पूर्ण स्रोत साधन र सम्भाव्यलाई परिचालन गरेर पार्टी भवन कोष संकलन गर्न सक्रियतापूर्वक लाग्न निर्देशन दिएको छ । यस्तै, उद्योगी–व्यापारी घरानाबाट आर्थिक सहयोग जुटाउन श्रवन अग्रवाललाई र वित्तीय क्षेत्रबाट डा.वीरेन्द्र महतोलाई जिम्मा दिइएको छ । यसमा रकम भने खुलाइएको छैन । 

यसैगरी, भवन निर्माणका लागि केन्द्रीय सदस्यले पाँच हजार, संघीय परिषद् सदस्यले दुई हजार र साधारण सदस्यले पाँच सय अनिर्वाय बुझाउन निर्देशन दिएको छ । भवन निर्माणका लागि आर्थिक सहयोग गर्न निर्देशन दिइएको निर्माण समितिका संयोजक राईले बताए । पाँच लाखभन्दा धेरै सहयोग गर्ने व्यक्तिको ताम्रपत्रमा र एक लाखदेखि पाँच लाखसम्म सहयोग गर्ने व्यक्तिको शिलालेखमा नाम लेखेर सम्मान गरिने समाजवादीले जनाएको छ ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x