×

NMB BANK
NIC ASIA

सामाजिक सुधार

छाउगोठ भत्काइएपछि महिलाहरू देवताको शरणमा, धामीझाँक्रीको जवाफ – घरमै बस्नू

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेतको बराहताल गाउँपालिका–६ मा पुस अन्तिम साता मष्टो देवताको पूजा थियो । सरकारले छाउगोठ भत्काउने अभियानलाई तीब्र पारिरहेका बेलामा स्थानीय सिर्जना कार्कीले मष्टो देवताका धामीलाई प्रश्न गरिन्, ‘सरकारले गोठ भत्काएको छ । सरकार गोठमा बस्न नदिने, देवता घरमा बस्न नदिने । अब हामी कहाँ बस्नु ?’

Sagarmatha Cement
Muktinath Bank

पूजामा गाउँकै सबै धामीझाँक्री सहभागी थिए । यहीँ मौका छोप्दै कार्की रोकिइनन् । उनले अगाडि भनिन्, ‘हामीलाई राज्यले सेवासुविधा रोक्ने भनेको छ । देवताले भनोस्, हामी कहाँ कसरी बस्ने ? बाटो खोलोस् ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्कीको प्रश्न सुनेपछि धामीमध्ये एकले जवाफ फर्काए, ‘पूजा कोठामा नजानू, घरभित्रै एक कोठामा बस्नू ।’


Advertisment
Nabil box
Kumari

महिनावारी (छुई) भएका बेला घरभित्र बस्दा देवता रिसाउने विश्वासले गाउँका महिला छाउगोठमा सुत्थे । सरकारले छाउगोठलाई अन्धविश्वास भन्दै भत्काउने र कारवाही गर्ने अभियान अगाडि बढाएपछि स्थानीय महिला अलमलमा थिए । तर मष्टा पूजामा धामीझाँक्री (देवता) ले नै ‘घरभित्र बस्नू’ भनेर आज्ञा गरेपछि स्थानीय महिलालाई सहज भएको छ । त्यहाँका महिला हाल घरभित्रै बस्ने गरेका छन् ।

Vianet communication
Laxmi Bank

दैलेखको आठबीस नगरपालिका–६ की मना विकको छाउगोठ प्रहरीले भत्काएपछि उनी घरको गोठमा बस्ने गरेकी छन् । ‘हामीलाई सबैभन्दा ठूलो डर देवताको नै हो । देवता रिसाउने हुँदा हामी यो प्रथालाई मानिरहेका छौं,’ मनाले भनिन्, ‘सरकारले गोठ भत्काएपनि हामीले मनबाटै छाउप्रथा अस्वीकार गर्न सक्ने वातावरण बनेको छैन ।’

पञ्चपुरी नगरपालिका–१० की सीता बडुवालले गोठ भत्काइएपनि चेतना जागृत गर्ने कार्य नभएको बताइन् । ‘समाजमा हामी आफैंलाई पनि छाउ बार्न बानी परेका कारण तत्कालै छाउ बार्न छोड्न सकिँदैन,’ उनले भनिन्, ‘यसका लागि गाउँमा धामीझाँक्रीकै सहयोग लिएर भ्रम हटाउन जरुरी छ ।’ छाउगोठ भत्काएर मात्रै समस्याको समाधान नहुने बताउँदै उनले स्थानीय सरकारको पहलमा जनचेतनाको आवश्यकता रहेको बताइन् ।

पञ्चपुरी नगरपालिका–१ का अध्यक्ष धनबहादुर थापाले छाउगोठ भत्काएर मात्रै समस्या समाधान नहुने बताउँछन् । ‘विगतमा पनि हामीले छाउगोठ भत्काएकै हौं, फेरि निर्माण गरिए,’ उनले भने, ‘छाउप्रथा हटाउनका लागि सबैभन्दा मुख्य कुरा जनचेतना फैलाउनु नै हो ।’

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत गोठ भत्काएर मात्रै समस्या नहट्ने बताउँछन् । ‘आवश्यक मात्रामा प्रचारप्रसार र जनचेतनाका अलावा गीत–संगीतका माध्यमबाट हामीले जनचेतना जागृत गर्न आवश्यक छ,’ उनले भने, ‘यसका लागि हामी आवश्यक नीति तथा कार्यक्रम बनाएर अघि बढ्छौं ।’

जिल्ला प्रशासन कार्यालय सुर्खेतले छाउप्रथालाई जसरी पनि हटाउने अभियान थालेको छ । सुर्खेतमा १ हजार २०० भन्दा बढी छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । ‘गृह मन्त्रालयको निर्देशनपछि हामीले अहिले गोठ भत्काउन शुरू गरेका छौं,’ उनले भने, ‘सामाजिक कुप्रथाको जरैदेखि उन्मुलन गर्नको लागि सबै लागेका छौं । तीनै तहको सरकार लागिरहेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x