डिशहोमद्वाराद्वारा विशेष च्यानल ‘राइम्स’को उद्घाटन शुरू

डिशहोम नेपालमा रहेको अग्रणी डीटीएच सेवा प्रदायक कम्पनी हो, जसले थुपै्र डिजिटल एचडी च्यानल उपलब्ध गराउँदै आइरहको छ ।

चाहे मनोरञ्जन होस्, कुनै कुराको ज्ञान होस्, खेलकुद होस् या त्यो केही सिक्नको लागि होस्, डिशहोमले आफ्ना विभिन्न च्यानलमार्फत दर्शकलाई अद्भुत दृश्य तथा मनोरञ्जनको अनुभव प्रदान गर्दै आइरहेको छ । 


Advertisement

मनोरञ्जन दिने उद्देश्यले एक कदम अगाडि बढ्दै डिशहोमले एउटा विशिष्ट च्यानल ‘राइम्स’मार्फत भोलिका कर्णधारको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ ।

च्यानल २ देखि १२ वर्षसम्मका बच्चाका लागि अत्यन्तै अन्तर्क्रियात्मक च्यानल हुने जनाइएको छ । ‘तपाई च्यानल नम्बर ८०९ मा यो च्यानल हेर्न सक्नुहुनेछ । यो च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत गर्दछ,’ डिशहोमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Advertisement

च्यालनले बालबालिकालाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्नेछ । दर्शकबाट पहिले नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको डिशहोम च्यानलबाट पनि आफ्नो उद्देश्य पूरा गर्दै उत्कृष्ट हुने विश्वास गरिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्