११ औँ राष्ट्रिय सिभिल इन्जिनीयरिङ प्रदर्शनी पुल्चोक क्याम्पसमा हुने

‘राष्ट्रका लागि परिवर्तन र परिवर्तनका लागि इन्जिनीयरिङ’ भन्ने मुल नाराका साथ ११ औँ राष्ट्रिय सिभिल इन्जिनीयरिङ प्रदर्शनी पुल्चोक क्याम्पसमा हुने भएको छ ।

माघ १०, ११ र १२ गते गरी तीन दिन हुने मुख्य सम्मेलन हुने आयोजक संस्था सिभिल इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीले जनाएको छ । 


Advertisement

कार्यक्रममा इन्जिनीयरिङ क्षेत्रसँग सम्बन्धित ५० भन्दा धेरै स्टलहरू रहनेछन् । स्टलमा निर्माण सामाग्री, भवनका मोडलहरू, पेपर ब्रिज, विभिन्न सिभिल इन्जिनीयरिङ डिजाइन गरी इन्जिनीयरिङ क्षेत्रलाई समेट्ने सबै खाले स्टलहरू रहने सोसाइटीका सचिव अभिषेक घिमिरेले जानकारी दिए ।

आयोजकले प्यानल टक कार्यक्रमअन्तर्गत निजगढ विमानस्थलको विषयमा विज्ञहरूसँग अन्तक्रिया कार्यक्रमहरू समेत गर्ने भएको छ । सम्मेलनको उद्घाटन भौतिक योजना तथा यातायातमन्त्री बसन्त नेम्वाङले गर्नेछन् ।


Advertisement

कार्यक्रममा नेपालभरका ३० भन्दा बढी इन्जिनीयरिङ कलेजहरूको सहभागिता रहने छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्