प्रदेश ५ मा नेकपाका तीनै जना उम्मेदवारले मारे बाजी

प्रकाश आचार्य
प्रकाश आचार्य

आचार्य लोकान्तरका प्रदेश ५ प्रतिनिधि हुन् ।

प्रदेश नम्बर ५ मा बिहीवार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवारले बाजी मारेका छन् । तीन सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको थियो ।

नेकपाका तर्फबाट अपांग र अल्पसंख्यक कोटाबाट जगप्रसाद शर्मा ५ हजार ४ सय २४ मत सहित विजयी भए । शर्माका प्रतिस्पर्धी नेपाली कांग्रेसका मेराज अहमद हलवाईले १ हजार ९८६ मतभार प्राप्त गरेर पराजित भए ।


Advertisement

संघीय समाजवादी पार्टीका सुनिल सिंघलले जम्मा ४ सय २० मतभार प्राप्त गरेका छन् ।

यस्तै महिलातर्फ नेकपाका तर्फबाट विमला घिमिरेले ५ हजार ७ सय ७८ मतभार ल्याएर विजयी भएकी छन् ।  नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेकी गिरिजादेवी न्यौपाने २ हजार १ सय मत मात्र प्राप्त गरिन् ।


Advertisement

त्यसैगरी अन्य समूहका तर्फबाट पनि नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपाल भट्टराई विजयी भएका छन् । भट्टराईले ५ हजार ३ सय ८२ मत ल्याएर विजयी भए । 

यस्तै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका बालकृष्ण पाण्डेले २ हजार ५२ मतभार प्राप्त गर्दा संघीय समाजवादीका तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद यादवले जम्मा ४ सय ४४ मतभार ल्याएका छन् । 

राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका शिव पौडेलले १ सय ५६ मतभार प्राप्त गरेका छन् । प्रदेश पाँचमा ३ सय ५ मतदाता रहेकोमा ३ सय ३ जनाको मात्र मत खसेको थियो ।  

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्