काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरले थप्यो ५ करोड

काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप ५ करोड रुपैयाँ बजेट प्रदान गरेको छ। मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँ थप रकमको चेक प्रदान गरेका हुन्।

प्रदेश सभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि २०७५ जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ र त्यसै बर्षको असोज २७ गते थप ५ करोड रुपैयाँ उपलब्ध गराइएको थियो।


Advertisement

यसरी उपलब्ध गराइएको रकमबाट हालसम्म पुननिर्माणको करीब ५५ प्रतिशत काम समाप्त भएको जनाउँदै समितिबाट थप रकम माग भएपछि महानगरले बाँकी काम अघि बढाउन ५ करोड थप रकम उपलब्ध गराएको हो । 

अहिलेसम्म काष्ठमण्डप पुननिर्माणमा ५ हजार क्यूफिट काठ उपभोग भइसकेको पुननिर्माण समितिले जनाएको छ । पुनर्निर्माणका लागि दैनिक ४० जना भन्दा बढी कलाकार तथा श्रमिकले काम गरिरहेका छन्।


Advertisement

 समितिले दिएको जानकारी अनुसार चार घेराको काष्ठमण्डपमा १०० वटा थाम हुनेछन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड््याइनेछन् । तेस्रो र चौथो घेरामा एक-एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछन् ।

दोस्रो घेरामा १२ फिट, तेस्रो घेरामा १५ र चौथो घेरामा १२ फिट अग्ला थाम हुनेछन् । सबैलाई चुकुलले अड््याइने छ । मूल थामहरु उठाएर त्यसमाथि सिंहमुखी र शंखमुखी मेथ राखिएको छ । मेथमाथि मूल निदालहरु राख्ने काम पनि सकिएको छ ।


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्