
बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ।
तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सो दिन सार्वजनिक बिदा दिइएको जनाएको छ।
प्रदेश सरकारले बिदा घोषणा गरेकाले काठमाडौँ उपत्यका बाहेकका जिल्लामा बिदा गर्ने निर्णय गरेको हो।