कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभामा सिट गुमाएको छ।
राष्ट्रिय सभाका १८ सिटका लागि बिहीबार निर्वाचन भएकोमा कांग्रेसले ७ सिट गुमाएको हो। १८ सिटमध्ये नेकपाले १६ र राजपाले २ सिटमा बाजी मारेका हुन्।
आगामी २० फागुनमा नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादीको १ गरी १८ सदस्यको पद रिक्त हुने भएपछि चुनाव भएको हो।
प्रदेश २ मा नेकपा र राजपाबीच चुनावी गठबन्धन भएको थियो। प्रदेश २ मा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहका १-१ जना गरी ४ सदस्यका लागि चुनाव भएकाेमा नेकपा र राजपाले २-२ सिट बाँडेका हुन्। बाँकी प्रदेशमा नेकपाले जित हासिल गरेको हो।
प्रदेश २ मा नेकपा उम्मेदवारहरू महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानले जीत हात पारेका हुन्। प्रदेश २ बाट राजपाका उम्मेदवार मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंह विजयी बनेका छन्।
प्रदेश १ मा महिला, दलित र अन्य समूह गरी ३ सदस्यका चुनाव भएको थियो। यो प्रदेशमा तीनै जना नेकपाका उम्देवारले जितेका छन्। नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल विजयी भएको निर्वाचन समितिले जनाएको छ।
बागमती प्रदेशमा नेकपामा उम्मेदवार विजयी भएका छन्। महिला सदस्यमा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल विजयी भएका हुन्।
राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका छन्।
प्रदेश नम्बर ५ मा बिहीवार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवारले बाजी मारेका छन् । नेकपाका तर्फबाट अपांग र अल्पसंख्यक कोटाबाट जगप्रसाद शर्मा, महिलातर्फ नेकपाका तर्फबाट विमला घिमिरे र तर्फबाट पनि नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपाल भट्टराई विजयी भएका छन्।
२ सिट रहेको कर्णाली प्रदेशमा पनि नेकपाले जितेको छ। नेकपाका उम्मेदवारद्वय मायाप्रसाद शर्मा र सुमित्रा विसी विजयी भएका छन् ।
सुदूरपश्चिममा महिला र अन्य समूहका दुई सिटका लागि चुनाव भएकोमा नेकपाका उम्मेदवारले जितेका छन्। नेकपाबाट उम्मेदवार खुलातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टले जितेका हुन् ।
प्रदेशगत रूपमा सम्बन्धित प्रदेशको प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतबाट राष्ट्रिय सभा सदस्य चुनिएका हुन्।
अब निर्वाचित भएकाहरुले २१ फागुनबाट जिम्मेवारी सम्हाल्नेछन्। उनीहरुको पदावधि ६ वर्ष हुनेछ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...