२६ जेठ २०८३, मंगलबार

बलिउडका सर्वाधिक महँगा स्टार बने अक्षय कुमार, एउटै फिल्मकाे १२० करोड

बलिउडका सर्वाधिक महँगा स्टार बने अक्षय कुमार, एउटै  फिल्मकाे १२० करोड

बक्स अफिसमा लगातार सुपरहिट फिल्म दिइरहेका अक्षय कुमार अब बलिउडका सबैभन्दा महँगा स्टार बनेका छन्।

रिपोर्ट अनुसार अक्षय आफ्नो आगामी फिल्मका लागि १ सय २० करोड भारतीय रुपैयाँ मागिरहेका छन्। जुन फिल्म निर्माताका लागि हैरानको विषय बनेको छ।

एक इन्टरटेनमेन्ट वेबसाइटका अनुसार उनको यो फिल्म ‘तनु वेड्स मनु’ फेम आनन्द एल रायको निर्देशनमा बन्नेछ।

पछिल्लो वर्षसम्म अक्षय फिल्मका लागि १०-१५ करोड लिन्थे। जसमा उनी  निर्माता टीममा पनि रहन्थे। जहाँ उनी प्रोड्यूसर हुँदैनन् त्यहाँ ४०-५० करोड लिन्थे। तर, त्यसका लागि उनी नाफा भने हेर्थे नै।  त्यसमा अक्षयको हिस्सा हुन्थ्यो ६०-८० प्रतिशत ।

नयाँ वर्षसँगै अक्षयले आफ्नो शुल्क बढाएका हुन्। त्यसैले अब उनी कुनै फिल्मका लागि १२० करोड रुपैयाँ चार्ज लिने भएका हुन्।

२०१९ मा अक्षयका चार फिल्म रिलिज भएका थिए। ती हुन् केसरी, मिशन मंगल, हाउसफुल ४ र गुड न्यूज। ती फिल्म रिलिज भए र  बक्स अफिसमा सुपरहिट बने। चार वटै फिल्मले क्रमशः १५४.४१ करोड,  २०२.९८, १९४.६० करोड, र २०१.१४ करोड कमाएका थियो । -एजेन्सी
 


 

salt training

कमेन्ट गर्नुहोस्