राष्ट्रियसभामा विजयी भएपछि नारायणकाजीको प्रतिक्रियाः सरकारलाई हरहालतमा सफल बनाइ छाड्छौँ

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विजयले वर्तमान सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन मद्दत पुग्ने बताएका छन।

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि बिहीबार साँझ पोखरामा आयोजना गरिएको विजयीसभामा उनले सरकार र सदनको प्रभावकारिता वृद्धि गरी ‘समृृद्ध नेपाल, सुखी नेपाली’को सरकारको आकांक्षालाई सफल तुल्याउन आफ्नो विजयले सघाउने दावी गरे।


Advertisement

‘राष्ट्रियसभामा प्रभावकारी भूमिका निर्वाह गर्न र सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन विजयले मद्दत गर्नेछ । हामी सरकारलाई हरहालतमा सफल बनाइछाड्ने छौँ, म आफ्नातर्फबाट सम्पूर्णरूपमा प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने।

आफूहरुको विजयले सांसद्को उपस्थिति र सरकार सञ्चालनमा सङ्ख्यात्मक अन्तर पार्ने नभए पनि पार्टीको नीति र कार्यक्रम तथा घोषणापत्रअनुसार सरकारले  सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई गुणात्मक फड्कोमा पु¥याउने विश्वास उनले व्यक्त गरे।


Advertisement

नेता श्रेष्ठले राष्ट्रियसभामा उम्मेदवार बनाउने र विजयी गराउन योजना बनाउने पार्टी नेतृत्व र पार्टीलाई  आभार व्यक्त गर्दै मतदान प्रक्रियामा सहभागी सबैमा धन्यवाद व्यक्त गरे।


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्