२७ जेठ २०८३, बुधबार

सरकार आफैंले बिजुली बस किन्ने, साझालाई दिएको रकम फिर्ता गर्दै

माघ १०, २०७६
सरकार आफैंले बिजुली बस किन्ने, साझालाई दिएको रकम फिर्ता गर्दै

सरकारले साझा यातायात सहकारी संस्था लिमिटेडलाई विद्युतीय बस खरिद गर्न दिएको तीन अर्ब रुपैयाँ ब्याज रकमसहित फिर्ता गर्ने निर्णय गरेको छ । 

यस्तै सरकारले नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।

सो कार्यका लागि तीन अर्ब रुपैयाँ भौतिक मन्त्रालयलाई उपलब्ध गराउने निर्णयसमेत गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्