नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने

फाइल फोटो

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ ।

नेपालले सन् २०२१ मा भारतमा हुने आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो । विश्वकपमा १६ राष्ट्र सहभागी हुनेछन् । 


Advertisement

अस्ट्रेलियामा यसै वर्ष टी–२० विश्वकप क्रिकेट हुँदैछ । सो प्रतियोगिताको  पुछारमा रहने चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेटस् (युएई), हङकङ र जिम्बाबेले सोझै ग्लोबल छनोट खेल्न पाउने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ । ग्लोबल छनोट प्रतियोगिता सन् २०२१ को मार्चदेखि जुलाईसम्म सञ्चालन हुनेछ । 

टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय बरियताका आधारमा नेपालसहितका ४ देशलाई सोझै ग्लोबल छनोट खेल्न अनुमति दिइएको हो । टी–२० क्रिकेटको विश्व बरियतामा हाल नेपाल १२ औं स्थानमा छ । जिम्बावे ११ औं, यूएई १५ औं तथा हङकङ २० औं स्थानमा छ । 


Advertisement

ग्लोबल छनोटमा सहभागी १६ देशमध्ये शीर्ष स्थानका रहने ४ टोलीले सन् २०२१ को टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । टी–२० विश्वकपको गत संस्करणमा नेपाल क्षेत्रीय छनोटमा पराजित भएपछि ग्लोबल छनोटसम्म पुग्न सकेको थिएन । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्