मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
क्रसर उद्योगले अवैध उत्खनन् बढाएको गुनासो बढेपछि उद्योग सञ्चालनमा रोक लगाइने भएको छ ।
प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय बुधबार गरेको छ ।
उद्योगले गत आर्थिक वर्ष २०७५/७६ को भण्डार (स्टक) विवरण उपलब्ध नगराएको हुँदा हाललाई सबै उद्योग बन्द गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए ।
जिल्लाका सबै स्थानीय तहलाई आआफ्ना क्षेत्रमा रहेका क्रसर तथा बालुवाु प्रशोधन केन्द्रको स्टक प्रमाणित गरी पाँच दिनभित्र जिल्ला समन्वय समितिमा पठाउन निर्देशनसमेत दिइएको उनले बताए ।
जिल्लामा १५ स्थानीय तह रहेका छन् । उत्तरी क्षेत्रका बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा अनुमति विनाका क्रसर उद्योग सञ्चालित रहेको जनाइएको छ । सबै प्रक्रिया पूरा गरेका उद्योगलाई मात्र पुनः सञ्चालनको अनुमति दिन सकिने समन्वय समितिका संयोजकसमेत रहेका सिंहले जानकारी दिए ।
चुरे पहाडी शृंखला र नदी एवं जग्गामा जथाभावी ठूलठूला यन्त्र लगाएर बालुवा ढुंगाको अवैध उत्खनन् बढेको जनगुनासो आएपछि जिल्ला समन्वय समिति र प्रदेशसभा–२ को प्राकृतिक स्रोत तथा वातावरण समितिले संयुक्त अनुगमन गर्दै आएका छन् ।
करीब ५० क्रसर र बालुवा प्रशोधन उद्योगले अनुगमनका क्रममा माग गरिएका कागजात उपलब्ध गराएका थिएनन् ।
आवश्यक कागजात उपलब्ध नगराउने र उत्खनन् कार्य जारी राखेका उद्योगलाई पूर्ण रुपले बन्द गराउने निर्णय गरिएको जनाइएको छ । जिल्लाका रातु, मरहा, भब्सी, जंघा, बडहरी, सोनी र टुटेश्वरसहतका नदी र नदीउकास जग्गामा क्रसर र बालु प्रशोधन उद्योग सञ्चालित छन् । उद्योगले जथाभावी उत्खनन् गर्दा बनेका खाल्डामा परेर बर्सेनि मानवीय क्षति हुँदै आएको छ ।
अवैध उत्खनन् भइरहेको ठाउँमा रोक्न पुगेका धनुषा मिथिला नगरपालिका–५ का दिलीपकुमार महतोलाई टिपरले किचेर गत पुुस २५ गते हत्या गरिएको थियो ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...