विजयोत्सवमा मुख्यमन्त्री पौडेलको शुभकामना सन्देश

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गोर्खाली सेनाको वीरतालाई विश्वसामु सुपरिचित गराउने काम गोर्खा–मुगल युद्धले गराएको बताएका छन् ।

मकवानपुरगढीको २५७ औं विजयोत्सवको उपलक्ष्यमा शुक्रवार एक सन्देश जारी गर्दै उनले गोर्खाली सेनाको नाम सुन्नासाथ विश्व थर्कमान हुने काम सोही युद्धले गराएको जनाएका छन् ।


Advertisement

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा शुक्रवार विजयोत्सव मनाइँदैछ । 

सन्देशमा आजको दिन गौरवपूर्ण र ऐतिहासिक दिन भएको जनाइएको छ । ‘आजभन्दा २५७ वर्ष अगाडि भएको युद्धमा नेपालीले पराजय व्यहोर्नुपरेको हुन्थ्यो भने आज नेपाल स्वतन्त्र देश हुँदैन थियो । त्यसैले  आजको दिन नेपाली इतिहासमा महत्त्वपूर्ण छ ।  नेपालको पक्षमा लड्दा लड्दै ज्यान गुमाएका ३० जना तथा युद्धमा देशका लागि लडेर बहादुरी प्रदर्शन गरेका सम्पूर्ण वीर युद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,’ सन्देशमा उल्लेख छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्