बाग्मती प्रदेशमा शुरू भयो शहीद सप्ताह

प्रतिकात्मक तस्वीर

बाग्मती प्रदेश सरकारको आयोजनामा आजदेखि राजधानी हेटौंडामा शहीद सप्ताह शुरू भएको छ ।

साताव्यापी रूपमा मनाउन लागिएको कार्यक्रमको आज मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको बुद्धचोकमा शुभारम्भ गरे ।


Advertisement

साताव्यापी कार्यक्रमअन्तर्गत आज बुद्धचोकबाट शहीद स्मारकसम्म पदयात्रा गरिएको छ ।

पदयात्रामा मुख्यमन्त्री पौडेलसहित प्रनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यलगायत जनप्रतिनिधिको सहभागिता थियो ।


Advertisement

पदयात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीलसहित सर्वसाधारणको सहभागिता थियो । बुद्धचोकबाट शुरू भएको पदयात्रा स्मारकमा पुगेर समापन भएको थियो ।

बाग्मती प्रदेश सरकार र सहिद स्मारक विकास समिति हेटौंडाले आजदेखि यही माघ १६ गतेसम्म शहीद सप्ताह मनाउन लागेको हो ।

सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रममा म्याराथुन, वक्तित्वकला प्रतियोगिता, विभिन्न साहित्यिक कार्यक्रम, राष्ट्रियस्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातीको मौलीकता झल्कने सांस्कृतिक कार्यक्रम गरिने स्मारक विकास समितिले जनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्