×

NMB BANK
NIC ASIA

'पंगा' फिल्म समीक्षा : सपना हुन्छन् साकार !

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘म आमा हुँ र आमाको कुनै सपना हुँदैन ।’ अश्विनी अय्यर तिवारीले निर्देशन गरेको फिल्म पंगाको यस संवादलाई प्रत्येक विवाहित महिलाले आत्मसात गर्छन् । घरपरिवार र सन्तानका लागि आफ्ना सपनालाई बिर्सेर आफ्नो पहिचान समेत मेटाउने आमाहरू हाम्रो समाजमा धेरै भेटिन्छन् । 

Sagarmatha Cement
Muktinath Bank

अनि फिल्ममा अर्को पनि संवाद छ । नायिका आफ्ना पतिलाई हेर्दै भन्छिन्, ‘तिमीलाई देख्दा एकदम खुशी हुन्छु, छोरोलाई देख्दा पनि खुशी हुन्छु तर आफूलाई देख्दा खुशी हुन सक्दिनँ ।’ त्यसपछि नै शुरू हुन्छ, नायिकाले आफ्नो अस्तित्वसँग गर्ने संघर्ष र त्यस संघर्षमा आफूलाई श्रेष्ठ साबित गर्ने प्रयास ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जया निगम (कंगना रनावत) विवाहअघि कबड्डीको राष्ट्रिय स्तरकी खेलाडी र क्याप्टेन थिइन् । तर विवाहपछि उनी सात वर्षका छोरा आदित्य (यज्ञ भसिन) की आमा र प्रशान्त (जस्सी गिल) की पत्नी हुन् । जया आफ्नो पारिवारिक संसारमा रमाइरहेकी छन् । कबड्डी खेलेकै कारण उनलाई रेलवेले जागिर दिएको छ र उनको जीवन घर, सन्तान र जागिरको जिम्मेवारी बोकेर चलिरहेको छ । 


Advertisment
Nabil box
Kumari

अनि एक दिन घरमा भएको एक घटनाले गर्दा जयाको छोरा आदिले उनलाई ३२ वर्षको उमेरमा कबड्डीमा कमब्याक गर्न प्रेरित गर्छन् । पहिले त जयाले पतिसँग मिलेर कमब्याकको अभ्यासको झूटो नाटक गर्छिन् तर यस प्रक्रियामा उनका दबिएका सपनाहरू फेरि उदाउन थाल्छन् । अनि उनी राष्ट्रिय टीममा कमब्याक गरेर आफ्नो स्वर्णिम समयलाई फेरि जिउन चाहन्छिन् । उनको त्यस यात्रामा उनका पति र छोराले त साथ दिन्छन् नै, उनकी आमा (नीना गुप्ता) र मिल्ने साथी मीनू (रिचा चड्ढा) ले पनि सहायता गर्छन् । 

Vianet communication
Laxmi Bank

निर्देशकका रूपमा अश्विनी उम्दा छिन् । उनले भोपाल जस्तो सानो शहरकी जागिरे महिला र उसको मध्यमवर्गीय परिवारलाई पर्दामा मसिनो गरी चित्रित गरेर कथालाई बलियो बनाएकी छन् । अश्विनीले जया, मीनू र आमाको चरित्र मार्फत महिला सशक्तीकरणको कुरा गरेकी छन् तर ती पात्रहरूलाई उपदेशक बनाएकी छैनन् । 

एक दृश्यमा जया भन्छिन्, ‘हरेकपटक महिलालाई करीयर छोड्नका लागि पति वा घरले बाध्य बनाए किन भनिन्छ ? त्यो उसको चोइसको कुरा पनि हुन सक्छ नि ?’ खासमा अश्विनीले पंगामार्फत महिलालाई आफ्नो चोइसले पंगा लिने अधिकार दिनुपर्छ भन्ने कुरा राख्न खोजेकी छन् ।

फिल्मको पहिलो हाफ अलिक लामो छ तर सेकेन्ड हाफमा कथा सरर अगाडि बढ्छ । अश्विनीले मानवीय सम्बन्धसँगै कबड्डी जस्तो खेलको थ्रिल पनि कायम राखेकी छन् । 

निखिल मल्होत्रा र अश्विनीको संवाद चोटिला छन् । जय पटेलको सिनेमाटोग्राफी दर्शनीय छ र बल्लु सलुजाले फिल्मको राम्रो सम्पादन गरेका छन् । शंकर–एहसान–लोयको संगीत विषय अनुरूप छन् । 

जयाको भूमिकालाई कंगनाले सहज तरिकाले निर्वाह गरेकी छन् । उनको पहिरन र शारीरिक हाउभाउ सबैले चरित्रलाई स्मरणीय बनाएको छ । भावुक दृश्यहरूमा कंगनाले मेलोड्रामा नगरी वास्तविकता देखाएकाले दर्शकको आँखा रसाउँछ । गृहिणी र कबड्डी खेलाडी दुवै पक्षलाई उनले न्याय गर्न सकेकी छन् ।

हकी खेलाडी र प्रशिक्षकका रूपमा रिचा चड्ढाको अभिनय दमदार छ । बिहारी लवजमा बोलिएको उनको संवाद र शारीरिक हाउभाउले भरपूर मनोरञ्जन दिन्छन् । उनी र कंगनाको संयुक्त दृश्यको केमिस्ट्री राम्रो छ । 

सहयोगी पतिको भूमिकामा जस्सी गिलले सहज अभिनय गरेकी छन् । कंगनासँग उनको जोडी राम्रो देखिन्छ । 

कम दृश्य पाएको भए पनि नीना गुप्ताले प्रभाव पार्छिन् । 

बालकलाकार यज्ञ भसीनले निर्दोष अभिनय गरेर सबैको मन हर्छन् । 

यो फिल्म हेर्न नछुटाउनुहोला । तपाईंलाई आफ्ना सपना पुनर्जीवित गर्ने हौसला यसले दिनेछ ।

फिल्म : पंगा
कलाकार : कंगना रनावत, रिचा चड्ढा, नीना गुप्ता, जस्सी गिल, यज्ञ भसीन आदि
निर्देशक : अश्विनी अय्यर तिवारी
विधा : ड्रामा, रोमान्स
अवधि : २ घन्टा ११ मिनेट
रेटिङ : ३.५/५

नवभारत टाइम्समा प्रकाशित समीक्षा

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x