कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
झापाको वुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक रामप्रसाद उप्रेतीले कागती खेती शुरू गरेको ५ वर्ष बढी भयो ।
व्यावसायिक रुपमा सुपारी खेती गर्दै आएका उनले सुपारी बगानभित्रै मरिच र अलैंची खेती हुँदै अहिले कागती खेती गरिरहेका छन् ।
थोरै जमिनमा पनि व्यावसायिक रुपमा खेती गर्दा मनग्य आम्दानी गर्न सकिने भएपछि उनले अहिले सुपारी बगानभित्रै विभिन्न प्रकारका नगदेबाली लगाएका छन् । अहिले उनको बारीमा तोरी र फापर पनि लटरम्म फुलेको छ ।
‘पहिला सुपारी मात्रै हुन्थ्यो, सुपारी बगानभित्र जमिन बाँझै बस्थ्यो तर अहिले त्यही बगानभित्र सबैथोक लगाएको छ, गर्दा हुँदो रहेछ,’ उनले भने ।
सुपारी बगानभित्रको बाँझिएको जमीनमा अहिले लटरम्म कागती फलेका छन् । उनले एक बिघा क्षेत्रफलमा कागती खेती गरेका छन् । कागतीबाट सुपारीको भन्दा राम्रो आम्दानी हुन थालेपछि उनी आफैं चकित छन् । केही समय अघिसम्म सुपारी बगानमा केही हुँदैन भन्ने सोच बोकेका उनी अहिले अरुलाई पनि जमिन बाँझो नराख्न सल्लाह दिन्छन् ।
ओम नव शिवाय कृषि फर्म दर्ता गरेर कागती र सुपारीका बिरुवा उत्पादन गर्दै बिक्री वितरण गर्न शुरू गरेपछि उनको आम्दामी सोचेभन्दा राम्रो हुँदै गएको छ । नगरेर रहेछ उनले भने, ‘जागर भए यही माटोमा सुन फल्छ । सुपारी बगानभित्र मैले सुपारीको भन्दा धेरै आम्दानी अरु बालीबाट गर्न थालेको छु ।’
‘सुपारी बगानभित्र लगाएको अन्य बालीबाट मात्रै वार्षिक ५ लाख बढी आम्दानी लिने गरेको छु,’ उनले भने । जयपुर क्षेत्रमा सुपारी बगानभित्र धेरैले अन्य खेती गर्दै आएका छन् तर छोटो समयमा कागतीबाट मनग्य आम्दानी लिन सकिने भएपछि त्यस क्षेत्रका कृषक कागती खेतीतर्फ आकर्षित भएका हुन् ।
मेची नगरपालिकाको काँकडभिट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना एक लाखभन्दा बढी शेयर सदस्यलाई कागतीका बिरुवा वितरण गरेको छ । जिल्लाका बुद्धशान्ति, बाह्रदशी गाउँपालिका, अर्जुनधारा, मेचीनगर, भद्रपुर, कनकाइ नगरपालिकालगायत क्षेत्रमा व्यावसायिक रूपमा कागती खेती भइरहेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...