
केन्याको मासाई मारा वन्यजन्तु आरक्षमा एक चितुवाले हरिणको शिकार गरेको अद्भुत तस्वीरहरू सार्वजनिक भएका छन् ।
फोटोग्राफरहरूको एक टोलीले शिकारका तस्वीर खिचेका हुन् । टोलीको नेतृत्व क्यानडाका जेफ्री वुले गरेका हुन् ।
टोलीले पाँचवटा चितुवालाई तालेक खोलाको किनारमा देखेका थिए । उनीहरूले चितुवाहरूलाई पछ्याउँदै गए । चितुवाहरूले आराम गरिरहेका तीनवटा हरिणलाई तारो बनाए ।
बिस्तारै आफ्नो शिकारतिर अघि बढेका चितुवामध्ये एकले हावामा उडेर तीन सेकेन्डभित्र एक हरिणलाई पछारेको थियो ।
लगत्तै अन्य चितुवाहरू पनि आक्रमणकारीसँगै हरिण खान आइपुगे ।
वुका अनुसार, एक्लो चितुवाले वयस्क हरिणको शिकार गर्नु अत्यन्तै दुर्लभ हुन्छ किनकि हरिणहरू निकै ठूला हुन्छन् ।
तर पाँचवटा चितुवाले ठूला हरिणलाई संयुक्त शिकार गर्ने गर्छन् र समूहको भोक मेटाउने गर्छन् ।



