सांसद दिपक मनाङ्गेलाई २ दिन थुनामा राख्न अनुमति

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) लाई अनुसन्धानका लागि २ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले प्रशासन कार्यालयबाट २ दिन थुनामा राख्न अनुमति मिलेको बताए ।


Advertisement

‘मुद्दा हेर्ने अधिकारीसमक्ष म्याद थपका लागि पेश गर्दा २ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मिलेको छ,’ उनले भने ।

एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई गत मंगलवार पोखराको लेखनाथमा आयोजित मुख्यमन्त्री कप फूटबल प्रतियोगिता उद्घाटनकै बेला सांसद मनाङ्गेले झापड हानेका थिए । झापडविरुद्ध एन्फा कास्की अध्यक्ष मिलनले जिल्ला प्रहरीमा दिएको जाहेरी दरखास्तपछि बिहीवार मनाङ्गे पोखराको लेकसाइडस्थित एक होटलबाट पक्राउ परेका थिए । मनाङ्गेविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइने जनाइएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्