×

NMB BANK
NIC ASIA

गाजा र लागूऔषधसहित ४ युवक पक्राउ

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट ४ जना युवकलाई पक्राउ गरेको छ ।

Muktinath Bank

प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिका–३ बाट लागूऔषधसहित शुक्रवार जिल्लाको नवराजपुर गाउँपालिका–१ निवासी २५ वर्षीय उपेन्द्रकुमार यादव र भगवानपुर गाउँपालिका–२ निवासी २२ वर्षीय अरुणकुमार यादवलाई पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतबाट नेपालतर्फ आउँदै गरेको स९प ८५८२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागूऔषध डाइलेक्स डिसी ७ बोतल र नाइट्राभेट ११ पिस बरामद भएपछि मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

सिरहाको धनगढीमाई नगरपालिका–९ बाट प्रतिबन्धित लागूऔषध गाँजासहित जिल्लाको विष्णुपुर गाउँपालिका–५ निवासी २९ वर्षीय सुनिलकुमार पासवान र धनगढीमाई नगरपालिका–८ निवासी २४ वर्षीय महेन्द्र साहलाई पक्राउ गरेको छ ।

Vianet communication
Laxmi Bank

प्लास्टिकको झोलामा प्याकेट बनाएर गाँजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोशाकको टोलीले साढे १४ किलो लागूऔषध गाँजासहित दुवै जनालाई पक्राउ गरेको हो ।

प्लास्टिकका बोरामा प्याकेट बनाएर स७प १२८२ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

लेनदेन बिगो मुद्दामा जिल्ला अदालत सिरहाबाट सजाय पाएर फरार सिरहाको बरियारपट्टी गाउँपालिका– ५ कजरा निवासी ६२ वर्षीय वेचनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x