बाँदर आतंक रोक्न अहोरात्र पहरा

खेतबारीमा लगाएका हिउँदे आलु बाँदरले नोक्सान गर्न थालेपछि दक्षिणी भेगका अधिकांश किसान रातदिन पहरा दिन थालेका छन् ।

स्थानीय समाजसेवी विष्णुप्रसाद देवकोटाका अनुसार दक्षिणी रसुवाको कालिका गाउँपालिका–५ गैरीफाँट खेत, बडहरे, चित्ती, रूप्सेपानी भदौरे, धुसेनीलगायतका क्षेत्रमा रोपिएका हिउँदे आलुको बोटसमेत उखेलेर बाँदरले कलिला फल खान थालेपछि किसानले अहोरात्र पहरा दिन थालेका हुन् ।


Advertisement

आलु खान कम्तीमा २०० भन्दा बढीको संख्यामा बाँदरका हुल आउने र १०/२० जनाले बाँदरलाई लखेट्न आँट नपुग्ने भएबाट अहिले त्यस क्षेत्रका सयौं किसान हिउँदे प्रमुख बाली जोगाउन सामूहिक पहरा दिइरहेका र पहरा दिँदा दिँदै पनि खेतीमा रहेका आधाभन्दा बढी बिरुवा नोक्सान भइसकेको किसान बताएका छन् ।

सयौं हेक्टरमा लागाइएका आलुको बिरूवाले उत्पादन दिन थालिसकेको र फल दिइरहेका बिरुवा रातको समयमा समेत उखलेर बाँदरले खान थालेको बताइएको छ । विगतका समयमा बाँदरले कुनै पनि चीज बिहान सूर्यदयोपछि खाने र सूर्यअस्तपछि खान बन्द गर्ने विशेषता थियो ।


Advertisement

पछिल्लो समयमा बाँदरको खाने बानीमा परिवर्तन आउँदा पछिल्लो पुस्तालाई अन्न तथा फलफूल जोगाइ खान समस्या पर्दै गएको बुढापाकाले बताएका छन् ।

रसुवाको प्रत्येक गाउँ क्षेत्रमा बाँदरको संख्या बढ्दै जाँदा कृषि उपज कसरी जोगाउने भन्ने विषयमा अध्ययन गराई बाँदर व्यवस्थापनको पहलकदमी चालिदिन सरकारसामु किसानले विनम्रतापूर्वक आग्रह गरिरहेका समाजसेवी देवकोटाले बताए ।

बाँदरको संख्या ह्वात्तै बढ्दै गएपछि खेतबारीको अलावा घरमा भण्डारण गरिराखेको अन्नपातसमेत घरको धुरीबाट बाँदरले लाने गरेको र घरमा बाँदर पस्न छालेपछि ससाना बालबालिका डराउन थालेको दक्षिणी रसुवाका वासिन्दाले बताएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्