भवनको नवौं तल्लाबाट लडिन् यी महिला (भिडियो)

रुसको इज्लुचिन्स्क शहरमा रहेको एक भवनको नवौं तल्लाबाट एक महिला लडेकी छन् । हिउँको डंगुरमा लडेकी महिला जुरुक्क उठिन् अनि बाटो लागिन् । 

घटनाको भिडियो फूटेजमा ती महिला लड्ने क्रममा अनेकौंपटक पुल्टुङबाजी गरेको देखिन्छ । 


Advertisement

उनी हिउँको ठूलै डंगुरमा बजारिन्छिन् र हिउँ वरिपरि छरिन्छ । 

केही समयका लागि ती महिला भुइँमा हलचल नगरी लडेकी थिइन् । 


Advertisement

तर महिला बिस्तारै चलमलाउँछिन् र पहिला बिस्तारै उठ्छिन् अनि बिस्तारै हिँड्छिन् । 

ती महिलाको नाम सार्वजनिक गरिएको छैन । उनले त्यसपछि छिमेकीहरूलाई गुहारेर एम्बुलेन्स बोलाउन लगाउँछिन् । 

अहिले उनी एक अस्पतालमा छिन् । 

चिकित्सकहरूले ती महिलालाई आन्तरिक चोटपटक लागेको तर त्यतिमाथिबाट खसे पनि हाड नभाँचिएकोमा आश्चर्य लागेको बताए । 

बुधवार ती महिला लड्दा तापक्रम माइनस १४ डिग्री सेल्सियस थियो । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटना हुँदा महिला घरमा एक्लै भएको बताइएको छ । 

उनलाई कसैले मार्नका लागि लडाएको सम्भावना देखिएको छैन तर कसरी लडिन् भन्ने पनि खुलेको छैन ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्