×

NMB BANK
NIC ASIA

विकास

भारतीय अनुदानमा नेपालमा ३ महिनाभित्र रेल गुड्दै, कति भयो प्रगति ?

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रेल्वे स्टेसन निर्माण भएर लिक बिच्छ्याएको वर्षौं भइसक्दा पनि जनकपुरमा रेल कहिलेदेखि सञ्चालनमा आउने हो, त्यसको सुनिश्चितता हालसम्म हुन सकेको छैन । रेल्वेका अधिकारीहरूले विसं २०७४ सालदेखि नै अबको तीन महिनामा रेल सञ्चालनमा आइसक्ने भनेर दाबी गर्दै आएपनि हालसम्म रेल चढ्ने नेपाली जनताको सपना पूरा हुन सकेको छैन ।

Muktinath Bank

भारत सरकारको अनुदानमा भारतीय कम्पनीले नै रेलका लागि आवश्यक पूर्वाधारहरू बनाइसक्दा पनि रेल किन्न नेपाल सरकारले ढिलाई गरेकै कारण रेल सेवा सञ्चालनमा आउन नसकेको हो । त्यसो त नेपाल सरकारले रेल किन्नका लागि भारतको एक कम्पनीलाई पेश्की रकम दिएर लीग निर्माणको कामसमेत लगभग सम्पन्न भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल सरकार मातहत रहेको रेल विभागका महाप्रबन्धक बलराम मिश्रका अनुसार अबको ३ महिना भित्रमा रेल सेवा सञ्चालनमा आइसक्ने दाबी गर्छन् ।‘ठ्याक्कै यही मितिमा भारतबाट जनकपुरमा रेल आएर सञ्चालनमा आइहाल्छ भनेर त भन्न सकिन्नँ,’ महाप्रबन्धक मिश्रले लोकान्तरसँग भने, ‘तर बढीमा ३ महिना भित्रमा भने रेल सञ्चालनमा आउने प्रशस्त आधारहरू भइसकेका छन् ।’


Advertisment
Nabil box
Kumari

भारतको चेन्नईमा नेपाल सरकारले किन्न चाहेको रेल बनेर तयार भइसकेको अवस्था छ । कसरी सञ्चालनमा ल्याउने भन्ने तयारी नै पूरा नभएका कारण ढिलाई भएको उनले बताए ।

Vianet communication
Laxmi Bank

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल विभाग तथा नेपाल रेल्वे कम्पनीसँग समेत रेल कसरी सञचालनमा ल्याउने भन्ने विषयमा वृहत छलफल थालिसकेको छ,’ उनले थपे, ‘अहिले भारतीय रेल कम्पनीकै प्राविधिक कर्मचारीलाई मासिक भाडामा ल्याएर सञ्चालन गर्न लगाउने प्रस्तावमाथि छलफल हुँदैछ ।’

जनकपुरस्थित नेपाल रेल्वे साइट कार्यालय जनकपुरका प्रमुख विनोद कुमार ओझा पनि अबको तीन महिनाभित्र जसरी पनि रेल सेवा सञ्चालनमा आइसक्ने दाबी गर्छन् । ‘माथि मन्त्रालय र विभागमा पनि आउँदो तीन महिना भित्रमा जसरी पनि रेल सञ्चालनमा ल्याउने गरी  छलफल तीव्र भएको छ,’ ओझाले लोकान्तरसँग भने, ‘पूर्वाधार निर्माणको काम लगभग सम्पन्न भइसकेको छ, रेल पनि भारतमा तयारी अवस्थामा नै छ ।’

तर ओझा र मिश्रले दाबि गरेजस्तै आउँदो तीन महिनाभित्रमा नै रेल सञ्चालनमा आइहाल्ने कुराको विश्वस्त आधार किन पनि देखिँदैन भने रेल सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिकसहितको जनशक्ति नै नेपाल सरकारले भर्ना गरेको छ न त त्यसका लागि आवश्यक पर्ने अन्य पूर्वाधारहरूको विकास गरेको छ । सबैभन्दा महत्वपूर्ण कुरा त रेल सञ्चालनमा आइहाल्ने हो भने पनि रेलका लागि आबश्यक पर्ने महत्वपूर्ण चीज रेलको ग्यारेज तथा वर्कशप नै हालसम्म बन्न सकेको छैन । ‘अहिले वर्कशप नबनेको भएपनि भारतीय रेल कम्पनीले जयनगरमा रहेको ग्यारेजबाट नै मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन सक्नेछन्,’ रेल विभागका महानिर्देशक मिश्रले भने, ‘अहिले दोस्रो चरणको रेल निर्माणको काम बाँकी नै रहेको हुनाले नेपालकै अन्य कुनै स्टेसनमा भारतीय कम्पनीले ग्यारेज बनाउनेछन् ।’ तत्कालका लागि कुनै न कुनै हिसाबले काम भने उनीहरूले चलाउने उनले बताए ।

त्यसैगरी कर्मचारीको हकमा भने नेपाल सरकारले पुरानो रेल्वेका कर्मचारीलाई समेत तत्काल भर्ना गरेर भारतीय कर्मचारीसँग समन्वयन गरेर मिलेर नै रेल सञ्चालन गर्न सक्ने अवधारणामा अगाडि बढेको उनले बताए ।

रेल सञ्चालनमा नआउँदै बनेका पूर्वाधारहरू समेत भत्किन थालेका छन् । गत असारमा आएको अविरल वर्षा तथा बाढीका कारण धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा स्टेसनमा बनेको पुल नै भत्किएको थियो । भत्किएको उक्त संरचना अहिले निर्माणाधीन छ । आउँदो एक साताभित्र उक्त पुल निर्माण कार्य सम्पन्न भइसक्ने साइट कार्यालय प्रमुख ओझाको दाबी छ । यस्तै रेल निर्माण भएपछि सिग्नललगायतका कतिपय सामग्रीहरू मानिसहरूले चोरेर लग्ने गरेको उनी बताउँछन् । त्यसैले रेल्वे सम्बन्धी कसुर गरेमा दण्ड, सजाय तथा कैदसहितको कडा कानून नै बनेर राष्ट्रियसभाबाट पारित गरिएको मिश्रले बताए । रेल भाडा दर कति राख्ने भन्ने कुराको अहिले निर्धारण भने गरिएको छैन । तर छिट्टै त्यो काम पनि पूरा हुने उनले बताए । सार्वजनिक यातायातको भाडा दर जसरी नेपाल सरकारले स्थल मार्गका लागि निर्धारण गरेको छ त्यसै अनुसार रेल मार्गको पनि भाडा दर निर्धारण हुने मिश्रले बताए ।

भारतीय अनुदानमा नेपालमा रेल

भारत सरकारको पूर्ण अनुदानमा अहिले नेपालमा रेल्वेको पूर्वाधार निर्माण भईरहेको छ । भारतको जयनगरदेखि नेपालको धनुषा जिल्लाको जनकपुर हुँदै महोत्तरी बर्दिवाससम्म जम्मा ६९ किलोमिटर ब्रोडगेज रेल मार्ग निर्माण कार्य हुँदैछ । जस अन्तर्गत प्रथम चरणमा भारतको जयनगरदेखि कुर्थासम्म ३२ किलोमिटर रेल निर्माणको कार्य सम्पन्न भइसकेको छ । त्यही ३२ किलोमिटरसम्म अहिले रेल चलाउने नेपाल सरकारले तयारी गरेको हो ।

भारत सरकारले भारतीय रुपैयाँ पाँच अर्ब ३९ करोड सहयोग गरेपनि पछि त्यो रकममा काम सम्पन्न नहुने भएकाले भारत सरकारले उक्त अनुदानको सहयोग रकम बढाएर परिमार्जित भएर हाल सात अर्ब २० करोड भारतीय रुपैयाँ गरेको हो ।

दोस्रो चरणअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्मको निर्माण कार्य पनि युद्धस्तरमा अगाडस बढिरहेको रेल साइट कार्यालयका प्रमुख ओझाले बताए । र, तेस्रो चरणमा बर्दिबाससम्म गरी जम्मा ६९ किलोमिटर ब्रोडगेज निर्माणको काम भइरहेको छ ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई वटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अगाडि बढाएको छ ।

भारतको जयनगरमा स्टेसन, इनर्वामा स्टेशन, खजुरीमा स्टेसन, महिनाथपुरमा हल्ट, बैदेहीमा स्टेसन, देउरी परवाहामा हल्ट, जनकपुरमा हल्ट, कुर्थामा स्टेशन कायम गरिएको छ । स्टेसनमा रेलका दुई वटा छुट्टाछुट्टै ट्र्याक हुनेछन् । स्टेसनमा जक्सनसमेत हुने भएकाले रेल अलि बढी समयका लागि स्टेसनमा रोकिने गर्छन् भने हल्टमा कम समयका लागि मात्रै रेल रोकिने गर्छन् । साबिकमा रेल्वे सञ्चालन हुँदा धनुषाको दुहबी गोबराहीमा शहीद सरोज नगर हल्ट र कनकपट्टिमा समेत हल्ट थियो जुन अहिले हटाइएको छ ।

त्यसैगरी महोत्तरीको खुट्टा पिपराढीमा स्टेसन, लोहारपट्टीमा हल्ट, सिंग्याहीमा हल्ट, भंगहामा स्टेसन, रामनगरमा हल्ट र बर्दिवासमा स्टेशन निर्माण भइरहेको छ ।

भारतको जयनगरमा ४ लेन, धनुषाको इनर्वामा ५ लेन, खजुरीमा ३ लेन, महिनाथपुरमा एक लेन, बैदेहीमा ३ लेन, परवाहामा १ लेन, जनकपुरमा १ लेन र कुर्थामा ५ लेनको ट्र्याक निर्माण भएको छ ।

नेपालको रेल्वे इतिहास

विक्रम सम्बत १९९४ सालमा तत्कालीन ब्रिटिश शासकले महोत्तरीको जंगलबाट सखुवाको गोलिया काठ ओसार्नका लागि जनकपुर-जयनगर रेल्वेको निर्माण गरिएको थियो । जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट धनुषाको जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालनमा रहेको थियो ।

उक्त रेल सेवा ५२ किलोमिटरसम्म सञ्चालनमा थियो । तर २०५९ सालमा आएको बाढीबाट महोत्तरीको विग्ही पुल क्षतिग्रस्त भएपछि जनकपुरदेखि विजलपुरासम्मको रेल सेवा बन्द भएको थियो । त्यसपछि रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो । तर न्यारोगेजमा सञ्चालित उक्त रेल ब्रोडगेज सेवामा स्तरोन्नति हुँदा जनकपुर जयनगरसम्म सुचारु रहेको रेल सेवा २०७१ माघदेखि पुर्णतः ठप्प रहेको छ ।

शुरूमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेलले २०१८ सालदेखि यात्रु ओसारपसार गर्ने गर्थ्यो । पछि २०५१ सालमा भारत सरकारको सहयोगमा १८ बोगीसहित चारवटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको हो । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थान अन्तर्गत राखिएको थियो ।

पछि २०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए । २०६१ सालमा रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ । श्रम तथा यतायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई भौतिक योजना निर्माण तथा यतायात मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ । नेपाल सरकारले अहिले पनि रेल्वे कम्पनीमार्फत नै रेल सञ्चालनमा ल्याउने तयारी गरेको रेल्वे विभागका महानिर्देशक मिश्रको कथन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x